Trending :
 

मुस्कान खातुनलाई अमेरिकाद्वारा साहसी महिलाको सम्मान

फाल्गुण २६,२०७७

-

फागुन २६,२०७७ काठमाडौं ।
नेपालकी मुस्कान खातुनलाई अमेरिकी विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय साहसी महिला सम्मानबाट सम्मानित गरेको छ ।
 
अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर सोमबार राति आयोजित भर्चुअल कार्यक्रममा अमेरिकी प्रथम महिला जील बाइडेनले सो सम्मान प्रदान गर्नुभएको हो । त्यस क्रममा बाइडेनले यसपालिको सम्मान पाउनेहरूका फरक फरक कथा रहेको बताउनुभयो ।
 
तर सबै फरक पृष्ठभूमिका भए पनि भयरहित भएर काम अगाडि बढेका परीजस्तै रहेको उहाँले सुनाउनुभयो । नेपालबाट मुस्कान र नेपालका प्रधानमन्त्री तथा अन्य उच्च नेतृत्वले भिडियो सन्देशमार्फत सम्मानका विषयमा आफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो ।
 
सो पुरस्कारबाट नेपाली चेली मुस्कानलाई सम्मान गरेकामा प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सरकारको सराहना गर्नुभयो । आजको गोरखापत्रमा खबर छ ।