सार्वभौम अस्तित्व के हो र किन जोगाउने ?

फाल्गुण २८,२०७७

Dirgha raj Prasai

-

 
• दीर्घराज प्रसाई––
  नेपालमा नेतृत्व तहमा रहेका नेताहरूलाई  विश्वासमा लिएर नेपाललाई इसाईकरण  गर्न खोजिँदै छ । सोझा–सिधा जनताले क्रिस्चियन धर्म अँगाल्न थालेको बताइन्छ’ यस स्थितिमा नेपालमा धर्मपरिवर्तन गर्ने इसाईलाई यो भूमिमा चलखेल गर्न नदिन हामी आफैँ सचेत हुनुपर्छ ।
 
  विशाल नेपालको सिर्जना कसरी भयो भन्ने कुरा हामीले बिर्सनु हुँदैन । हिमवतखण्ड नेपालको एकीकरण भएको अवस्थामा अहिलेको विश्वका धेरैजसो प्रभावशाली कहलिएका राष्ट्रहरु टुक्रा टुक्रामा विभाजित थिए । नेपालको एकीकरण भएको १०० बर्ष पछाडि टुक्रा–टुक्रामा विभाजित जर्मनीलाई विस्मार्कले एकीकरण गरेका थिए ।
 
नेपालको एकीकरण हुनुभन्दा १०० बर्ष पछाडि इटाली पनि स–साना राज्यमा विभाजित थियो जसलाई कबुर र ग्यालिभर्दि जस्ता सपुतहरुको नेतृत्वमा विशाल इटालीमा परिणत हुन गयो । त्यस्तै नेपालको एकीकरण भएको १०० बर्ष पछाडि अन्धकारमा गुज्रिरहेको जापान मेजी रेष्टुरेसनपछि राजाको नेतृत्वमा विश्वको नजरमा प्रभावशाली राष्ट्रको रुपमा देखाप¥यो ।
 
नेपालको एकीकरण हुनुभन्दा दुई दशक भन्दा पछाडि, अहिलेको महाशक्ति राष्ट्रकोरुपमा परिचित अमेरिका बेलायतको उपनिवेश थियोे । त्यो समयभन्दा पहिले पृथ्वीनारायण शाहले सूर्य र चन्द्रमाको झण्डा फहराएर टुक्र्रा टुक्रामा विभाजित हिमवत्खण्ड नेपालको एकीकरण गरेर यसक्षेत्रको मौलिकतालाई जोगाउने काम गरे । हामी नेपालीहरुको लागि सबैभन्दा गौरवको कुरा हो– अंग्रेजी साम्राज्यले खान लागेको अवस्थामा पृथ्वीनारायण शाहको नेतृत्वमा हिमवतखण्ड–नेपालका स–साना ५४ भन्दा बढी स्वतन्त्र हिन्दुराज्यहरुलाई एकीकरण गरेकोबेलादेखिको नेपाल विश्वको एक मात्र हिन्दुअधिराज्य हो ।
 
 २०६२ साल मंसिरमा भारतको दिल्लीमा १२ बुँदे सहमतिमा हस्ताक्षर गर्ने एमाले, माओवादी, कांग्रेसका गद्दारहरुसँग आजीत छन् । २०७२ साल असोज ३ गते संविधानसभाबाट संविधान घोषणा भएता पनि नेपाल अशान्त छ । संविधान घोषणा भएपनि देश संविधानविहीन छ । अतः अव देशलाई निकास दिन राजसंस्था तथा हिन्दु अधिराज्यलाई यथावत कायम राखेर राजाको मध्यस्थतामा संकटबाट नेपाल बचाउन सक्नुपर्छ । संविधानसभा भनेकै भारतीय कांग्रेस (आई) र उसको गुप्तचर संस्था ‘रअ’ले नेपाललाई अस्तव्यस्त बनाएर कब्जा गर्ने रणनीति थियो । ‘रअ’ भनेको इन्दिरा गाँधीले छिमेकी देशहरुलाईृ दुःख दिएर कब्जा गर्ने रणनीति लिएर जन्मेको वदनाम संस्था हो । तर भाजपा सत्तामा आएपछि आक्रमक भएको छैन । 
 
‘रअ’ ले नेपालका माओवादी नेताहरु बाबुराम भट्टराई, प्रचण्डहरुलाई आफ्नो भरिया बनाएर भारतमै सुरक्षा दिएर राखेको थियो । ‘रअ’ का तत्कालीन नेपाल प्रमुख र त्यसपछि भारतको प्रमुखमा कार्यरत पी. हर्मीचको माओवादी नेताहरुसँग राम्रो संवन्ध नेपालमा रहँदा नैं राम्रो संवन्ध बनाई सकेका थिए । उनी पनि क्याथोलीक र कांग्रेस (आई),  अध्यक्ष सोनीयाँ गाँधी पनि क्याथोलीक भएका र यता बाबुराम भट्टराई पनि क्याथोलीक भएकाले र माओवादीभित्र अधिकांक्ष इसाई भएकाले नेपालको हिन्दुअधिराज्य समाप्त गरेर नेपाललाई इसाईकरण गर्ने पनि रणनीति बनाइयो ।
 
‘रअ’ को त्यो खतरनाक खेलकोपछि पछि अमेरिका र यूरोपका इसाई राष्ट्रहरु अरु सक्रिय बन्न थालेपछि ‘रअ’ ले कांग्रेस र एमालेमा दुष्ट, पदलोलुप व्यक्तिहरु गिरिजाप्रसाद कोइराला र एमालेका माधव नेपाललाई हातमा लिएर २०६२ साल मंसिरमा १२ बुँदे सहमति गराएको थियो । त्यसैलाई आधार बनाएर यहीका पार्टीका नेताहरुलाई अघिसारेर जनआन्दोलन गराएर नेपाल माथि भारतीय र अमेरिकी गुप्तचर संस्था र यूरोपका इसाईहरु सशक्त बनेर नेपाल खान खोजेका छन् । त्यसैले नेपालको अवस्था अत्यन्त दहनीय छ ।
 
२०७० सालभन्दा अगाडि भारतीय कांग्रेस (आई) र उसको गुप्तचर संस्था ‘रअ’ नेपालको तराई टुक्र्याउन सक्रिय भएर लागेको थियो । तर अहिले २०७१ सालदेखि भारतमा भारतीय जनता पार्टी (भाजपा) सत्तामा आएको र नरेन्द्र मोदी प्रधानमंत्री भएका बेलादेखि भारतले नेपाललाई कांग्रेस (आई)को जस्तो नाङ्गो हस्तक्षेप नगरेर संसारको एकमात्र हिन्दु अधिराज्य र राजसंस्था नेपालमा रहिरहोस् भन्ने सोचमा रहेको देखिन्छ । तर दुःखको कुरा, नेपालभित्रका दलाल पार्टीका नेताहरुको राष्ट्रघाती चरित्रबाट नेपाल अस्तव्यस्त भइरहेको छ । 
 
विश्वको एकमात्र हिन्दुअधिराज्य र नेपालको स्थायी खम्बाको रुपमा स्थापित राजसंस्था र यसका महत्वहरुलाई जोगाएर नेपालको सार्वभौम अस्तित्व बाँच्नुपर्छ ।
 
२०६३ सालदेखिका सत्तासीनहरुको बिरुद्ध जनता आजीत छन् । यति आजीत छन् कि  जसरी भएपनि अव यिनीहरुलाई सत्ताबाट लखेटेर यिनीहरुले २०६३ सालपछि सत्ताको आडमा जे जति अपराध, भ्रष्टाचार गरे, त्यसको छानवीन गरेर कडा कारवाही गर्ने र उनीहरुले लुटेको राष्ट्रको सम्पत्ति राष्ट्रियकरण गरियोस् भन्नेमा छन् । 
 
अमेरिकी संसदले मिनरीहरूलाई विश्वमा कही पनि धर्मान्तरण गर्ने ठेक्का अमेरिकी कानुनले दिएको छ । संविधानमा उल्लेख नभए तापनि न्यायाधीशहरूले अमेरिकालाई इसाई देश मानेका छन् । अमेरिकी राष्ट्रपतिले संविधानको शपथ नलिएर बाइबल समातेर शपथ लिन्छन् । क्रिस्चियन मात्र अमेरिकाको राष्ट्रपति हुन पाउँछन् । अमेरिकाले आफूलाई जति नै प्रजातन्त्रवादी हुँ भनेर मानवअधिकारको बखान गरे पनि ऊ एक अप्रजातान्त्रिक र असहिष्णु राष्ट्र हो । यिनीहरू मानवअधिकार र प्रजातन्त्रको कुरा गर्छन् तर काम ठीक उल्टो गरेर अन्य राष्ट्र र धर्मविरुद्ध खनिन्छन् । क्याथोलिक र प्रोटेन्टेन्ट क्रिस्चियनले जनजातिको समर्थन गरेजस्तो गरेर पैसा बाँड्दै इसाई मिसनरीले जनजातिको धर्म र संस्कृति नष्ट गराउन उत्प्रेरित गर्छन् । नेपालमा पार्टीबाहिर र पार्टीभित्रका आदिवासी जनजातिका अगुवाहरूलाई फुटाएर प्रशस्त रकम दिएर दिग्भ्रमित गराउन थालिएको छ ।
 
नेपालमा नेतृत्व तहमा रहेका नेताहरूलाई  विश्वासमा लिएर क्रिस्चियनीकरण गर्न खोजिँदैछ । त्यसैले ठूलो पार्टी वा साना पार्टीभित्रका बाहुनहरू, नागरिक समाज र मानवअधिकारवादी गैरसरकारी संस्थाका अगुवाहरू अधिकांश बाहुनहरू नै छन् । बाहुन नेताहरूले जुनसुकै धर्म माने पनि आवश्यकभन्दा बढी पैसा दिए पनि उनीहरू चुप्प लाग्छन् र गाउँ–गाउँमा धर्म परिवर्तन गराउन सजिलो हुन्छ भन्ने उनीहरूको अध्ययन छ । इसाई धर्म अँगाली प्रभूको प्रार्थना गर्नाले रोगब्याधी केही नलाग्ने झुठा प्रचारबाजीसमेत गर्ने गरेका छन् ।
 
त्यस्ता प्रचारबाजीले सोझा–सिधा जनताले क्रिस्चियन धर्म अँगाल्न थालेको बताइन्छ ।  यस स्थितिमा नेपालमा धर्मपरिवर्तन गर्ने इसाईलाई यो भूमिमा चलखेल गर्न नदिन हामी आफैँ सचेत हुनुपर्छ । नेपालमा धर्म निरपेक्षताको मत्लव हो–युद्ध निम्त्याउनु । 
 
नेपालमा राई, लिम्बु, मगर, गुरुङ, नेवार, ब्रामण, क्षेत्री, कामी दमाईं, सार्की, मैथिली, भोजपुरी,अवघि जो जति छौं हामी सबै हिन्दु तथा बौद्ध हौं । शेर्पा, तामांग र केही नेवार वौद्ध धर्मप्रति आवद्ध भएता पनि यो यहींको पशुपतिनाथ र स्वयम्भूनाथ भित्रकै उपज हो । हिन्दु धर्म यति व्यापक र उदार छ कि मूर्ति पूजा गर्ने–नगर्ने, साकारी, मान्हारी, जनै लाउने नलाउने सबै हिन्दु हुन् । आआफ्नो इच्छा अनुसार हिड्न हिन्दुहरु स्वतन्त्र हुन्छन् ।
 
विश्वभरीका धर्महरुमा यो अत्यन्त उदार र प्रजातान्त्रिक धर्म मानिन्छ । तरः नेपालमा हिन्दु तथा बौद्धधर्मका बिरद्ध जेजस्ता षडयन्त्रहरु भइरहेका छन् त्यस्ता षडयन्त्रको बिरद्धमा हामी हिन्दु तथा बौद्ध जहाँ–जहाँ छौं आफ्नो पहिचान जोगाउन सशक्त बनौं । विश्वको एकमात्र हिन्दुअधिराज्य र नेपालको स्थायी खम्बाको रुपमा स्थापित राजसंस्था र यसका महत्वहरुलाई जोगाएर नेपालको सार्वभौम अस्तित्व बाँच्नुपर्छ ।