Trending :
 

उपभोक्ता दिवसको अवसरमा मूल्यवृद्धिको मारमा सर्वसाधरण

चैत्र ०१,२०७७

-आस्था न्यूज

चैत १, २०७७ काठमाडौं ।
 
अन्तर्राष्ट्रिय उपभोक्ता दिवस आउन दुई दिन बाँकी छध्र हरेक वर्षको मार्च १५ तारिख मनाइने  यो  दिवस  यस  वर्ष  चैत  २  गते  सोमबार  परेको छ ।
 
दिवसको  अवसर  पारेर  उपभोक्ता  अधिकारबारे धेरै गोष्ठी र भाषण हुन्छन् । उपभोक्ताको   खास   अवस्था   कस्तो   छ  भनेर गोरखापत्रले  उपभोक्ताको  भान्साका  दुई  पदार्थ  तेल  र दालबारे  बुझेको  छ ।  तेल  र  दाल  मात्र  नभई  तरकारी, चामल, फलफूलको पनि मूल्य चर्को छ ।
 
यीबाहेक अरू उपभोग्य  वस्तु,  निर्माण  सामग्रीलगायतको  मूल्य  पनि  धेरै बढेको छध्र तीन  वर्षयता  तेलको  भाउ  एक  सय  रुपियाँसम्म महँगिएको  छ ।   यसबीचमा  सबैभन्दा  बढी  भटमास ९सोयाबिन०  र  सूर्यमुखी  ९सनफ्लावर०  तेलको  भाउ  एक सय  रुपियाँसम्म  महँगो  भएको  हो ।  २०७५  साल  माघमा भटमास  र  सूर्यमुखी  तेलको  मूल्य  प्रतिलिटरको  क्रमशः १३५  र  १४५  रुपियाँ  रहेकोमा  २०७७  माघमा  २३५ रुपियाँसम्म  पुगेको  पाइएको  छ ।
 
यस्तै  पछिल्लो  पटक तोरीको  तेल  पनि  प्रतिलिटरमा  ५०  रुपियाँसम्म  महँगो भएको छ । नेपाल  खुद्रा  व्यापार  सङ्घले  २०७५,  २०७६ र २०७७  सालमा  सार्वजानिक  गरेका  तथ्याङ्कमध्ये  हरेक वर्षको माघको तथ्याङ्कलाई आधार मानेर विश्लेषण गर्दा भटमास  तेलको  प्रतिलिटरको  भाउ  एक  सय  रुपियाँसम्म बढेको  पाइएको  हो ।  
 
सङ्घका  अनुसार  ती  वर्षमा  माघ महिनाको  भटमास  तेलको  भाउ  क्रमशः  १३५,  १६० र २३५ रुपियाँ रहेको छ । य७कदत्रगयसतै सोही अवधिमा सनफ्लावर तेलको भाउ क्रमशः १४५, १६० र २३५ रुपियाँमा कारोबार भएको पाइएको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।