Trending :
 

चीनमा आरोहण बन्द हुँदा नेपालमा सगरमाथामा आरोही बढ्ने

चैत्र ०६,२०७७

-

चैत ६, २०७७ काठमाडौं ।
 
कोरोना भाइरसको कारण भन्दै चीनले सगरमाथा आरोहण बन्द गरेपछि नेपालतर्फको बाटो हुँदै आरोहण गर्ने आरोहीको संख्या बढ्ने भएको छ ।
 
चीन तिव्वततर्फको बाटोबाट सगरमाथा आरोहण गराउने एजेन्सीहरुका अनुसार करिव एकसयजना भन्दा बढी आरोही नेपालतर्फ बृद्धि हुने भएको छ ।
 
तिव्वततर्फ आरोहण सञ्चालन गर्ने सेभेन समिट क्लव ट्रेकका प्रमुख मिङमा शेर्पाका अनुसार तिव्वततर्फ आरोहण बन्द भएपछि १३ जना सगरमाथा र १३ जना ल्होत्से गरी २६ जना आरोही नेपालतर्फ आएको बताउनुभयो ।
 
अर्का कम्पनी सेभेन समिट ट्रेकका प्रमुख मिङमा शेर्पाका अनुसार चीनतर्फको बाटो हुँदै आरोहण गर्ने २० जना आरोही नेपाल तर्फबाटै आरोहण गर्ने तयारीमा जुटेको बताउनुभयो ।
 
चीनको तिव्वततर्फ र नेपालतर्फबाट मात्र सगरमाथा आरोहण हुने गर्छ । करिकोप्लर कम्पनी, सेभेन समिट क्लव, फुर्तेम्वाज एडभेन्चर, आइसल्याण्ड ट्रेक लगायतले सबैभन्दा धेरै आरोही तिव्वततर्फबाट आरोहण गराउने गरेको छ । यस वर्ष भने नेपालतर्फबाट आरोहण गर्ने भएको जनाएको हो ।आजको गोरखापत्रमा खबर छ ।