सुखी नेपालीको आकाङ्क्षा पूरा गर्नमा सक्रिय हुन उद्योगी व्यवसायीलाई ओलीको आग्रह
-आस्था न्यूज
चैत ७, २०७७ काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको आकाङ्क्षा पूरा गर्ने दिशामा सक्रिय हुन उद्योगी व्यवसायीलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार व्यवसायीका अधिकांश संस्थाका प्रतिनिधि तथा लब्ध प्रतिष्ठित व्यवसायीलाई आमन्त्रण गरेरै यो दिशामा सहकार्यका लागि आह्वान गर्नुभयो ।
प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगडको पहलमा आयोजना गरिएको विशेष भेलालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले स्वदेशी उद्यमशीलता प्रवद्र्धनमार्पmत राष्ट्रिय अर्थतन्त्र सबल बनाउन सरकारले हरतरहले सहयोग गर्न तयार रहेको बताउनुभयो ।
कोरोना भाइरस समस्या हुँदाहुँदै पनि वर्तमान सरकारले पूर्वाधार स्वास्थ्य, शिक्षालगायत विकासका क्षेत्रमा फड्को मारेको उहाँले बताउनुभएको थियो । “विभिन्न क्षेत्रमा नयाँ ढङ्गले प्रवेश गरेका छौँ । पूर्वाधार शिक्षा, स्वास्थ्य उद्योग लगायतका क्षेत्रका विकासमा विगत तीन वर्षमा अभूतपूर्व काम भएका छन् । शिक्षा स्वास्थ्य सबै क्षेत्रमा भएको छ,” उहाँले थप्नुभयो- “हामीले इतिहास झल्कने र आधुनिकता टल्कने विकास गर्दैछौं ।”आजको गोरखापत्रमा खबर छ ।