Trending :
 

प्रचण्ड र चिनियाँ राजदूत यान्छीको भेटवार्ता

चैत्र १०,२०७७

-

चैत १०,२०७७ ढाका । 
 
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेकी छन् । राजदूत यान्छीले सोमबार दाहाल निवास खुमलटार पुगेर भेट गरेकी हुन् ।
 
दाहाल निकट एक नेताले भेटको पुष्टि गर्दै समसामयिक विषयमा छलफल भएको जानकारी दिए । विगतमा तत्कालीन नेकपामा विवाद हुँदा उनको सक्रियता बढ्ने गरेको थियो ।
 
फागुन २३ गते अदालतले एमाले र माओवादीबीचको एकता बदर गरिदिएपछि राजदूत यान्छीले पहिलोपटक दाहाललाई भेटेकी हुन् । आजका पत्रपत्रिकामा खबर छ ।