Trending :
 

मरीच र महँगा सवारीसाधन आयातमा लगाइएको पूर्ण बन्देज खुला

चैत्र १०,२०७७

-आस्था न्यूज

चैत १०,२०७७ काठमाडौं । 
 
सरकारले केराउ, सुपारी, छोकडा, अप्रशोधित मरीच र महँगा सवारीसाधन आयातमा लगाइएको पूर्ण बन्देज हटाएको छ । 
 
कृषिजन्य बस्तु पनि सीमित परिणाममा आयात गर्न पाउने गरी पूर्ण प्रतिबन्ध फुकुवा गरेको छ । 
 
यसका लागि सरकारले सोमबार राजपत्रमा सूचना प्रकाशन गरेको छ । कोभिड १९ को संक्रमण तीव्र भएपछि समग्र अर्थतन्त्रमा असर पुगेको थियो । 
 
अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न र डलर विदेसिन रोक्न आयातमा बन्देज लगाइएको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ।