भृकुटीमण्डपमा मेगा सभाहल बनाउन महानगरको प्रस्ताव
-आस्था न्यूज
चैत्र ११, २०७७ काठमाडौं ।
काठमाडौँ महानगरपालिकाले राजधानीको भृकुटीमण्डपमा मेगा सभाहल निर्माण प्रस्ताव गर्दै आवश्यक प्रक्रिया अगाडि बढाएको छ तर समाज कल्याण परिषद्को स्वामित्वमा जग्गा रहेकोले टुङ्गो लाग्न भने अझै बाँकी छ ।
सभाहल निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण गर्न समाज कल्याण परिषद्सँग छलफल गरी प्रक्रिया अगाडि बढाउन महानगरको कार्यपालिकाले निर्णयसमेत गरिसकेको छ । सभाहल निर्माण गर्ने भनिएको जग्गा समाज कल्याण परिषद्को स्वामित्वमा रहेको छ । भृकुुटीमण्डपको २१४ रोपनी जग्गा परिषद्को स्वामित्वमा छ ।
काठमाडौँ महानगरपालिका, भौतिक पूर्वाधार विकास विभागका प्रमुख राम थापाले भृकुटीमण्डप क्षेत्रमा मेगा सभाहल निर्माणका लागि महानगरपालिकाको सम्पूर्ण तयारी पूरा भइसकेको बताउँदै समाज कल्याण परिषद्बाट महानगरमा जग्गाको स्वामित्व हस्तान्तरण हुनेबित्तिकै निर्माण प्रक्रिया अगाडि बढ्ने जानकारी दिनुभयो । आजको गोरखापत्रमा खबर छ ।