Trending :
 

पूर्वयुवराज पारसलाई नागरिक अभिनन्दन गर्ने

चैत्र १५,२०७७

-आस्था न्यूज

चैत १५,२०७७ काठमाडौं ।
आगामी १८ चैतमा सप्तरीमा धार्मिक भ्रमणमा आउने तय भएको पूर्वयुवराज पारसको नागरिक अभिनन्दन गरिने भएको छ ।
 
राम हनुमान आराधना मण्डल तथा २०४७ को संविधान पुनस्र्थापना हाम्रो अभियान नामक संगठनले संयुक्त रुपमा नागरिक अभिनन्दन गर्ने भएका हुन् । 
 
यसका लागि डा. देवनारायणको संयोजकत्वमा ५ सय १ सदस्यीय मुल समारोह समितिसमेत गठन गरिएको शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । आजको राजधानी दैनिकमा खबर छ ।