Trending :
 

वायु प्रदुषणका कारण १ सय २४ उडान रद्द

चैत्र १६,२०७७

-

चैत १६, २०७७काठमाडौं ।
 
शुक्रबारदेखि प्रतिकुल मौसममा कारण १ सय २४ उडान रद्द भएको छ । वायु प्रदुषणका कारण मौसम प्रभावित भई उडान रद्द हुँदा आन्तरिक तथा बाह्य हवाई सेवा प्रभावित भएको हो ।
 
शुक्रबार, शनिबार र आइतबारसम्म देशभरि नै विकसित भएको वायु प्रदुषणका कारण आन्तरिकतर्फ शुक्रबार २४, शनिबार ५६ र आइतबार बेलुका ६ बजेसम्म ४४ उडान रद्द भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका आन्तरिक तर्मिनल व्यवस्थापन प्रमुख पूर्णप्रसाद चुडालले बताए । अन्तर्राष्ट्रियमा भने तीन दिनमा ३ उडान प्रभावित भएका छन् । 
आजको कारोबार दैनिकमा खबर छ ।