भरतपुमा २१ करोडको लागतमा निर्माणाधीन पुल भत्कियो !

चैत्र २४,२०७७

-आस्था न्यूज

चैत २४,२०७७ काठमाडौं । 
 
भरतपुर महागनरपालिका–१ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका जोड्ने त्रिशुली नदी माथि निर्माणाधीन पक्की पुल मंगलबार बिहान ४ बजे भत्किएको छ ।
 
स्थानीय बासिन्दाका अनुसार कंक्रिट संरचना निर्माण सम्पन्न गरि स्टील संरचना राख्ने तयारीमा रहेको सो पुल भत्किएको हो । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले पुल भत्किएको विषयमा जानकारी प्राप्त भएको र कसको लापरवाहीले त्यो भएको हो यथार्थ बुझने काम भइरहेको बताउनुभयो ।
 
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्ण अधिकारीका अनुसार इलाइट, एड्भेन्जर र इन्द्रेणी जेभी सँग शुरुमा १६ करोडको लागतमा निर्माण सम्झौता भएको उक्त पुल पछि नक्साङ्कन संशोधन (डिजाइन रिभ्यू) पछि लागत बढेर २१ करोड ६८ लाख रुपिंयाँ पुगेको थियो । 
 
चार बटा स्पान र ८० मिटर स्टील ट्रस्ट संरचना रहने उक्त पुल २२० मिटर लामो रहेको छ । आजको गोरखापत्रमा खबर छ ।