उद्योग वाणिज्य महासङ्घद्धारा आर्थिक रूपान्तरणको मार्गचित्र सार्वजनिक
-आस्था न्यूज
चैत २९,२०७७ काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासङ्घको वर्तमान कार्यसमितिले प्रतिबद्धता जनाएअनुसार आर्थिक रूपान्तरणको मार्गचित्र सार्वजनिक गरेको छ ।
मुलुकको आर्थिक समृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने निजी क्षेत्रले अबको दस वर्षमा के कस्ता गतिविधिमार्फत थप योगदान र परिणाम निकाल्न सकिन्छ भन्ने लक्ष्यसहित महासङ्घले आफ्नो ५५औँ वार्षिक साधारण सभामा राष्ट्रिय आर्थिक रूपान्तरण-२०३० सार्वजनिक गरेको हो ।
वर्तमान विश्वको आर्थिक गतिवधि नेपालको आवश्यकता र भोलिको अवस्थालाई गहन विश्लेषण गर्दै तयार पारिएको यो रूपान्तरणको खाकाले सन् २०३० सम्ममा नेपालको अर्थतन्त्रको आकार १०० अर्ब अमेरिकी डलर बराबरमा पु¥याउने लक्ष्य राखेको छ । त्यस्तैगरी २२ लाख थप रोजगारी सिर्जना र व्यापार घाटा ५० प्रतिशतले घटाउने परिमाणात्मक लक्ष्य यसमा राखिएको छ ।
पूर्वाधार र औद्योगिक विकासमा पर्याप्त लगानी गर्दा वर्तमान ३३ अर्ब डलरको अर्थतन्त्रलाई एक दशकमा तीन गुणा विस्तार गर्ने सपना मार्गचित्रमा राखिएको छ । यो उपलब्धि हासिल गर्न वार्षिक औसत १२ प्रतिशतको वृद्धिदर हासिल गर्नुपर्ने र त्यो सम्भव हुनेसमेत उल्लेख छ ।
नेपालमा हरेक वर्ष पाँच लाख श्रमयोग्य शक्ति तयार हुने भए पनि दुई लाखले मात्र रोजगारीको अवसर पाउने गर्छन् । रोजगारी उपलब्धताको यो दरलाई हरेक वर्ष दोब्बर गर्न सकिने रूपान्तरणको योजनामा उल्लेख छ । गोरखापत्रमा खबर छ ।