Trending :
 

कोरोनाबाट पछिल्ला सातामा बालबालिका बढि संक्रमित

चैत्र ३०,२०७७

-आस्था न्यूज

चैत ३०,३०७७ काठमाडौं। 
काठमाडौंका ११ वर्षीय एक बालक अघिल्लो आइतबार शिथिल अवस्थामा कान्ति बाल अस्पतालको पीआईसीयूमा भर्ना भए । कान्ति ल्याउनुअघि निजी प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना नेगेटिभ देखिएको थियो ।
 
कान्तिमा पुनः पीसीआर गराउँदा पोजिटिभ देखियो । ती बालकलाई थलिनुअघि ज्वरो आउनुका साथै झाडाबान्ता भएको थियो । उपचारकै क्रममा बालकको शनिबार मृत्यु भयो ।
 
‘उपचारका सबै विधि अपनाउँदा पनि बचाउन सकिएन,’ कान्तिका बालरोग विशेषज्ञ एवं पीआईसीयू विभाग प्रमुख डा.प्रकाश जोशीले भने ।
 
कान्तिमा कोरोना संक्रमित तीन बालबालिकालाई आइसोलेसनमा राखेर उपचार गरिँदै छ । उनीहरू सबैमा लक्षण देखिएको छ । सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा रहेका २६ जना संक्रमितमध्ये चार जना बालबालिका छन् । 
 
अस्पतालका कोरोना फोकल पर्सन डा। प्रविन नेपालका अनुसार त्यहाँ भर्ना भएका सबैमा लक्षण छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार आइतबार ३ सय ३ जनामा संक्रमण पुष्टि भएकामा १८ वर्षभन्दा मुनिका १८ जना छन् ।
 
त्यस्तै, शनिबार थपिएका ३ सय ३७ जना संक्रमितमा २७ जना बालबालिका थिए । निर्देशक डा. पौडेलले दुई सातायता बालबालिकामा संक्रमण बढेको बताए । आजको कान्तिपुरमा खबर छ ।