Trending :
 

हेलचेक्र्याइँले कोरोना संक्रमण बढ्यो, मृत्युदरको दोस्रो लहर सुरु भएको स्वास्थ्यकर्मीको चेतावनी

चैत्र ३१,२०७७

-

चैत ३१,२०७७ काठमाडौं ।
 
हेलचेक्र्याइँका कारण फेरि कोरोना भाइरस संक्रमण ह्वात्तै बढेको छ । सोमबार ५ सय ५९ जना संक्रमित थपिएका छन् । 
 
यति मात्रै होइन, शून्यमा झरेको दैनिक मृत्युदर दोस्रो लहर सुरु भएयता मृत्यु हुनेको संख्या यो सबैभन्दा बढी हो । 
 
लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालमा तीन जेष्ठ नागरिकको ज्यान गएको छ । 
 
कैलालीको गौरीफन्टा नाकामा चैत १५ गतेसम्म परीक्षण गर्दा पोजिटिभ देखिएकामध्ये २० जनाको स्वाब नमुनामा तीन जनामा अर्को भेरिएन्टको कोरोना भेटिएको छ । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।