Trending :
 

वैकल्पिक सरकार निर्माणमा आफ्नो नेतृत्वलाई स्वीकार गर्न कांग्रेसलाई जसपाको आग्रह

बैशाख ०२,२०७८

-आस्था न्यूज

वैशाख २, २०७८ काठमाडौं ।
वैकल्पिक सरकार निर्माणबारे औपचारिक निर्णय लिन नसकेको जनता समाजवादी पार्टी ९जसपा० ले प्रमुख प्रतिपक्ष कांग्रेसलाई संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न वा वैकल्पिक सरकारमा आफ्नो नेतृत्वलाई स्वीकार गर्न प्रस्ताव अघि सारेको छ ।
 
प्रधानमन्त्री ओलीविरुद्ध संसद्मा अविश्वास प्रस्ताव दर्ता भए जसपालाई औपचारिक निर्णय लिन सहज हुने भन्दै पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले कांग्रेस सभापति शेरबहादुर देउवासँग यस्तो प्रस्ताव राखेका हुन् ।
 
यादव र भट्टराई देउवालाई भेट्न मंगलबार उनकै निवास बूढानीलकण्ठ पुगेका थिए । लगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र देउवाबीच पनि छुट्टै भेटघाट भएको थियो ।
 
देउवा र दाहालबीच केन्द्र र प्रदेश सरकारको गठबन्धन तथा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौताबारे छलफल भएको कांग्रेसका एक पदाधिकारीले बताए । 
 
देउवाको मुख्य चासो एमसीसीप्रति थियो । सभामुखको असहयोगका कारण एमसीसी सम्झौता अनुमोदन हुन नसकेको भन्दै देउवा दाहालसँग असन्तुष्ट छन् ।
 
एमसीसी सम्झौता अनुमोदन प्रस्ताव तत्काल संसद्मा पेस हुँदा कांग्रेस र एमाले एक ठाउँमा उभिन सक्ने र त्यसले गठबन्धनलाई असर पार्न सक्ने चिन्ता दाहालमा देखिन्छ । 
 
दाहालले एमसीसी सम्झौता अनुमोदन गर्नेदेखि केन्द्र र प्रदेश सरकारको गठबन्धन र निर्वाचनसम्मै सहकार्य गरेर अघि बढ्न देउवासँग प्रस्ताव राखेका छन् । तर यसलाई निष्कर्षमा पुर्‍याउन जसपा निर्णायक छ । जसपामा यादव र भट्टराई प्रधानमन्त्री ओलीलाई तत्काल विस्थापन गर्नुपर्ने पक्षमा छन् ।कान्तिपुरमा खरु छ ।