कुनै परामर्श नगरिकनै संसद अधिवेशन अन्त्यः सभामुख सापकोटा

बैशाख ०६,२०७८

-

वैशाख ६,२०७८ काठमाडौं ।
सभामुख अग्निप्रसाद सापकोटाले संसद अधिवेशनबारे आफूसँग कुनै परामर्श नगरिएको बताएका छन् ।
 
सोमबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्यको घोषणा गरेपछि प्रतिक्रिया दिँदै सापकोटाले आफूसँग यस विषयमा कुनै परामर्श नगरिएको स्पष्ट पारेका हुन् ।
 
सोमबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभामुख सापकोटाले संसद अधिवेशन अन्त्य गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग छलफल नै नगरेको बताए ।
‘अधिवेशन अन्त्य गर्नेबारे मसँग कुनै परामर्श भएको थिएन’, उनले भने ।
 
सामान्यतया संसद अधिवेशन शुरू र अन्त्य गर्दा सरकारले सभामुखसँग परामर्श गर्ने प्रचलन छ । तर, प्रधानमन्त्री ओलीले संसदको बैठक बस्नु एक दिनअगावै अधिवेशन अन्त्य गराएका हुन् । संसद् बैठक मंगलबार बस्ने तय गरिएको थियो ।
 
प्रधानमन्त्री ओली सभामुख सापकोटासँग असन्तुष्ट छन् ।