Trending :
 

भूकम्पले क्षतिग्रस्त बनाएका २० वटा एकीकृत बस्तीको पुनर्निर्माण सम्पन्न

बैशाख १२,२०७८

-

वैशाख १२,२०७७ काठमाडौं ।
भूकम्पले क्षतिग्रस्त बनाएका २० वटा एकीकृत बस्तीको पुनर्निर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पबाट अति प्रभावित ३२ जिल्लामा एकीकृत बस्ती विकासका लागि ६४ बस्तीलाई स्वीकृति दिइएकोमध्ये हालसम्म २० बस्तीको निर्माण सम्पन्न भएको हो । बाँकी ४४ बस्ती निर्माणाधीन रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
 
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भन्नुभयो, “हामीले एकीकृत बस्ती विकासका लागि प्रोत्साहन गरिरहेका छौँ, पीडित आफैँ मिलेर आएमा भौतिक पूर्वाधार विकासमा थप सहयोग दिन्छौँ ।” पुनर्निर्माण भएका एकीकृत बस्ती स्थानीय तथा जातीय परम्परा र संस्कृति संरक्षण गर्दै आधुनिक आवश्यकताका आधारमा निर्माण भएका छन् । यी बस्ती निर्माणसँगै अन्य भौतिक पूर्वाधार पनि विकास गरिएको छ भने जीविकोपार्जनलाई ध्यान दिइएको छ । गोरखापत्रमा खबर छ ।