इजरायलमा नेपाली श्रमिक पठाउन निर्देशिका पारित
-आस्था न्यूज
वैशाख २१,२०७८ काठमाडौं ।
सरकारले इजरायलमा केयरगिभर का लागि नेपाली श्रमिक पठाउन निर्देशिका पारित गरेको छ ।
इजरायलमा नेपाली सहयोगी कामदार पठाउने सम्बन्धी निर्देशिका २०७८ इजरायल रोजगारीमा जाँदा लाग्ने शुल्क रोजगारदाताले बेहोर्न नमाने श्रमिक आफैंले तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
सम्झौतामा हवाई भाडा, बिमा, स्वास्थ परीक्षण, कल्याणकारी कोषको रकम र श्रम स्वीकृति लिँदा लाग्ने खर्च रोजगारदाताले बेहोर्ने उल्लेख छ ।
तर उक्त सम्झौताअनुसार रोजगारदाताले उक्त शुल्क तिर्न नमाने सम्बन्धित व्यक्तिले तिर्नुपर्ने व्यवस्था गरिएको हो ।
आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।