Trending :
 

उपत्यकाका अस्पतालको शुल्कमा अनियमितता

बैशाख २५,२०७८

-आस्था न्यूज

वैशाख २५,२०७८ काठमाडौं ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले काठमाडौँ उपत्यकाका विभिन्न ठूला अस्पतालको अनुगमन गर्ने क्रममा शुल्कमा अनियमितता भएको जनाएको छ । 
 
पछिल्लो पटक अस्पतालमा शय्याको अभाव र मुल्यको अनियमिततालगायत विषयमा विभागमा आएका गुनासोका आधारमा विभागको नेतृत्वमा औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौँ र नेपाल प्रहरीको सहयोगमा उपत्यकाका ठूला अस्पतालको अनुगमन गर्दा यस्तो पाइएको हो ।
 
विभागका निर्देशक एवं प्रवक्ता शिवराज सेढाईंले सेवाग्राहीको गुनासोका आधारमा अस्पतालबाट पाइने उपलब्ध सेवा, लिने शुल्कलगायतमा केन्द्रित भई अस्पतालको अनुगमन गरिएको जानकारी दिनुभयो । 
 
उहाँका अनुसार बिहीबार मिनभवनमा रहेको सिभिल अस्पताल, चाबहिलमा रहेको ओम अस्पताल र मेडिकेयर, सिनामङ्गलमा रहेको काठमाडौँ मेडिकल कलेज ९केएमसी०, सुकेधारामा रहेको ह्याम्स, टोखामा रहेको ग्रान्डी र मेट्रो अस्पतालमा अनुगमन गरिएको हो ।
 
यसअघिका दिनमा विभागले कोभिडमा केन्द्रित भएर उपचार गरिरहेका अस्पतालको अनुगमन गर्दै आएको छ । निर्देशक सेढाईंले अनुगमनका क्रममा आयातकर्ताबाट उक्त अस्पताललाई उपलब्ध गराइएको रेम्डेसिभिर औषधि पर्याप्त नभएको पाइएको बताउनुभयो । गोरखापत्रमा खबर छ ।