खाद्य सामाग्रीको कृत्रिम अभाव, खानेतेलको मूल्य ८० प्रतिशतसम्म बढाइयो

बैशाख २६,२०७८

-आस्था न्यूज

वैशाख २६,२०७८ काठमाडौं ।
 
निषेधाज्ञाको बहानामा उद्योगी र थोक व्यापारीले खाद्य सामाग्रीको कृत्रिम अभाव सिर्जना गरेका छन् । उपभोक्ताबाट आफूखुशी मूल्य लिन कृत्रिम अभाव खडा गरिएको हो । 
 
उद्योगी र थोक व्यापारीले खानेतेलमा ७० देखि ८० प्रतिशतसम्म मूल्य बढाएर बेच्दा उपभोक्ता महँगीको मारमा परेका छन् । अनुगमन गर्ने जिम्मा पाएको स्थानीय तह र जिल्ला प्रशासन कार्यालय मौन बसेको उपभोक्ताको गुनासो छ ।
 
आजको नागरिक दैनिकमा खबर छ ।