म्याग्दीमा जिल्लाभर निषेधाज्ञा बिस्तार , अब जन्ती ७ जना मात्र

बैशाख २९,२०७८

-आस्था न्यूज

२९ वैशाक २०७८  बेनी l  । जिल्ला प्रशासन कार्यालयले म्याग्दी बेनीले  म्याग्दी जिल्लाभर निषेधाज्ञा जारी भएको छ । कोरोना भाइरस को संक्रमण नियन्त्रणका लागि भन्दै वैशाख ३१  गते राति १२ बजेदेखि लागू हुनेगरी जिल्लाभर निषेधाज्ञा गर्ने निर्णय गरिएको हो l यस अघि बेनी नगरपालिका, मंगला र अन्नपूर्ण गाउँपालिका क्षेत्रमा गरिएको निषेधाज्ञा जारी गरिएको थियो l

 

सिडिओ गणेशबहादुर अधिकारीका अनुसार मालिका, धवलागिरी र रघुगंगा गाउँपालिकाले मंगलबार गरेको सिफारिसको आधारमा जिल्लाभर निषेधाज्ञा लागू गरिएको हो l   सबै स्थानीय तहहरुबाट भएको सिफारिस, जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र सुरक्षा समितिको निर्णयको आधारमा २०७८ वैशाख ३१ गते राति १२ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञाको आदेश जारी गरिएको हो ।

 

 विवाहमा ७ जना मात्र जन्ती जान पाउने भएका छन् । ब्रतबन्ध, पूजाआजालगायत कुनै पनि धार्मिक, सांस्कृतिक सामाजिक क्रियाकलापमा जमघट तथा भेला हुन रोक लगाइएको छ । सार्वजनिक विकास निर्माणको काममा संलग्न मजदुरहरुको हकमा सम्बन्धित आयोजना प्रमुखको सिफारिसको आधारमा निर्माण व्यवसायीहरुले निश्चित गरेको ठाउँमा बस्ने गरी निर्वाधरुपमा सञ्चालन गरिने जनाईएको छ ।

 

औषधि उपचार, आफ्नै खेतबारीमा कृषिजन्य कार्य गर्ने, तोकिएको समयमा खाद्यवस्तु खरिद गर्ने जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्कन र हिँडडुल गर्न रोक लगाइएको छ । ‘बेनी नगरपालिकामा वैशाख २२ गते, मंगला गाउँपालिमा वैशाख २६ र अन्नपूर्णमा वैशाख २७ गतेदेखि निषेधाज्ञा जारी भएको थियो,’

 

अस्पताल, औषधालय, औषधि एवम् स्वास्थ्य सामग्रीका पसल २४ सै घण्टा खुल्नेछन् । तरकारी, फलफूल, दूध, डेरीजन्य उत्पादन, ग्यासलगायतका अत्यावश्यक सेवाका पसलहरु स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण पालना गरी बिहान ७ देखि १० बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ  भएको छ ।