Trending :
 

भारतको ताउ-ते चक्रवातले नेपालमा पनि प्रभाव

जेठ ०५,२०७८

-आस्था न्यूज

जेठ५,२०७८ काठमाडौं ।
 
देशभर बुधबार बिहानदेखि सिमसिम पानी पर्न थालेको छ । अरब सागरमा विकसित भएको ताउ–ते चक्रवात ९समुद्री आँधी०को प्रभावले काठमाडौँको मौसममा बदली भइ पानी परेको हो । 
 
जल तथा मौसम विज्ञान विभागले दिएको सूचना अनुसार चक्रवातको कारणले नेपालका सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुनेछ । 
 
वर्षाको कारणले नदीहरुमा आकस्मिक बाढी आउने भएकोले नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ । अरब सागरमा विकसित भएको चक्रवातले हावाहुरी सहितको असिना पानी पर्ने सम्भावना रहेको पनि मौसम विभागले बताएको छ ।
 
ताउ–ते चक्रवातको प्रभाव बुधबारदेखि शुक्रबारसम्म रहने बताइएको छ । चक्रवातको प्रभाव नेपालको पश्चिम क्षेत्रबाट क्रमशः पूर्वतर्फ बढ्दै गएर बाहिरिने छ ।