Trending :
 

महतोको दलको नेताको पद खारेज, महन्थ र राजेन्द्रसहित चार नेतालाई स्पष्टीकरण सोध्ने

जेठ ०९,२०७८

-आस्था न्यूज

जेठ ९,२०७८ काठमाडौं ।
जसपाको कार्यकारिणी समितिको बैठकले राजेन्द्र महतोका संसदीय दलको नेताको पद खारेज गर्नुका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई साथ दिने सांसदहरुलाई कारवाही गर्ने निर्णय गरेको छ । 
 
पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा शनिवार साँझ बसेको कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको कार्यकारिणी सदस्य इस्तियाक राइनले  बताए ।
 
पार्टीको विधानविपरीत फर्जी तरिकाले अध्यक्ष महन्थ ठाकुरले महतोलाई संसदीय दलमा चयन गरेको भन्दै बैठकले उनको पदलाई खारेज गरेको हो । 
 
यसअघि अध्यक्षद्वय ठाकुर र उपेन्द्र यादवबीच भएको छलफलमा पनि राजेन्द्र महतोको सो पदलाई खारेज गर्ने निर्णय भएको थियो । तर अध्यक्ष ठाकुरले अझै त्यसलाई निरन्तरता दिएकोप्रति बैठकमा आपत्ति जनाइएको थियो । आजका पत्रपत्रिकामा खबर छ ।