अध्यादेशका प्रावधान कार्यान्वयन नहुँदा संक्रमितको उपचारका लागि झनै अन्योल
-आस्था न्यूज
जेठ १०,२०७८ काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश जारी गरेको ३ दिन भइसक्दा पनि कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल र संकट व्यवस्थापन केन्द्रको नेतृत्व चयन हुन सकेको छैन ।
अध्यादेशमा वीर अस्पताललाई युनिफाइड केन्द्रीय अस्पताल बनाउने र त्यसको व्यवस्थापनमा नेतृत्व सहसचिव वा ११ औं तहका अधिकृत वा वरिष्ठ चिकित्सकलाई दिइने उल्लेख छ ।
अध्यादेशमै १२ औं तहका अधिकृतको नेतृत्वमा कोभिड-१९ संकट व्यवस्थापन केन्द्र गठन गर्ने प्रावधान पनि छ । अध्यादेशले प्रधानमन्त्रीको नेतृत्वमा निर्देशक समितिको संरचना रहने प्रावधानसमेत राखेको छ ।
मन्त्रिपरिषद्ले गत वैशाख २६ मै वीर अस्पताललाई युनिफाइड अस्पताल बनाउने निर्णय गरेको थियो । काठमाडौं उपत्यकामा मात्रै एकै दिन ४ हजार १ सय ९८ जना संक्रमित भेटिएर उपचार पाउनै सकस भइरहेका बेला सरकारले पाँच सयभन्दा बढी बेडको युनिफाइड अस्पताल बनाउने निर्णय गरेको थियो । वीर अस्पताललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै सञ्चालन गर्ने निर्णय थियो ।
यही निर्णयलाई समेटेर बिहीबार अध्यादेश जारी गरिएको हो । अस्पताल व्यवस्थापन गर्न मन्त्रालयले प्रमुख प्रशासकीय अधिकारीका रूपमा निजामती सेवाको राजपत्रांकित प्रथम श्रेणी ९सहसचिव० वा स्वास्थ्य सेवाको कम्तीमा एघारौं तहको अधिकृत वा वरिष्ठ चिकित्सकलाई नियुक्त गर्न सक्ने प्रावधान अध्यादेशमा छ । आजको कान्तिपुरमा खबर छ ।