गणतन्त्र दिवस चाडका रुपमा मनाउँन प्रधानमन्त्री ओलीको आग्रह
-आस्था न्यूज
जेठ ११, २०७८ काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक महìवको गणतन्त्र दिवसलाई जनताको चाडका रूपमा मनाउनुपर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार आयोजित गणतन्त्र दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले प्रजातन्त्र दिवस र गणतन्त्र दिवसलाई कर्मकाण्डी रूपमा नभई जनताको चाडका रूपमा मनाउने र संविधान दिवसलाई अझ असाधारण र विशेष रूपमा मनाउनुपर्ने बताउनुभयो ।
“हामीले गणतन्त्र प्राप्ति, त्यसका उपलब्धिलाई ओझेलमा पर्न दिनु हुँदैन । विस्मृतिमा जान दिनु हुँदैन । शहीदको बलिदानलाई बिर्सन सकिँदैन । बिर्सिन मिल्दैन”, उहाँले भन्नुभयो ।
प्रधानमन्त्रीले मुलुक कोरोनाको त्रास र पीडामा रहेका बेला खुसियालीका साथ मनाउने समय यस पटकका लागि कम भए पनि गणतन्त्र दिवसको महत्त्व, गरिमा तथा यसले ल्याएका परिवर्तनको स्मरण र सम्मान गर्नैपर्नेसमेत बताउनुभयो ।
“त्यसैले गणतन्त्रको अर्थ र महत्त्वका सम्बन्धमा अन्तक्र्रिया र परिसंवादजस्ता कार्यक्रम बढी मात्रामा गरौँ । चर्चा–परिचर्चा गरौँ”, उहाँले भन्नुभयो । आजको गोरखापत्रमा खबर छ ।