Trending :
 

सरकारले गरिबी निवारण कोष खारेज गर्ने

जेठ १६,२०७८

-आस्था न्यूज

जेठ १६,२०७८ काठमाडौं ।
सरकारले गरिबी निवारण कोष खारेज गर्ने भएको छ । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कुराको जानकारी दिनुभएको हो ।
 
त्यस्तै गरिब परिचय पत्र बनाई गरिबका लागि आवश्यक नयाँ कार्यक्रमहरू ल्याइने र यसका लागि आवश्यक बजेट छुट्याएको पनि अर्थमन्त्री पौडेलले जानकारी दिनुभयो । यस्तै कोषमा आवद्धलाइ सहकारी बनाइ समायोजन गरिने वजेटमा उल्लेख छ ।