Trending :
 

चुरे हाम्रो लाइफलाइन हो, दोहन गर्ने सरकारको नीति राष्ट्रघाती छः पूर्वराष्ट्रपति

जेठ २१,२०७८

-आस्था न्यूज

जेठ २१, २०७८ काठमाडौं ।
गणतन्त्र नेपालका प्रथम राष्ट्रपति एवं चुरे संरक्षण अभियानकर्मी रामवरण यादवले ढुंगा, गिट्टी, बालुवाको वैधानिक निकासी गर्ने सरकारको नीति राष्ट्रघाती भएको बताएका छन् । यस्तो निर्णय गैरसंवैधानिक र अराष्ट्रिय हुनुका साथै तराई-मधेस र भावी सन्ततिमाथिको ठूलो अपराधसमेत रहेको उनको जिकिर छ ।
 
अहिले सरकारले बजेटमार्फत गरेको ढुंगा, गिट्टी र बालुवाको निकासीलाई वैधानिक रूपमै खोलिदिने निर्णयलाई कसरी लिनुभएको छ ?
 
प्राकृतिक स्रोत, साधन, पर्यावरणजस्ता विषयलाई संसद्मा छलफलसम्म नगराई अध्यादेशबाट बजेट ल्याएर जुन खालको निर्णय गरियो, यो राष्ट्रघाती छ । नेपालको हितमा छैन । तराई, मधेस र भावी सन्ततिमाथि गरिएको ठूलो अपराध हो । 
 
सदनमा लामो छलफल गरेर के गर्दा मुलुकको हित हुन्छ, आफ्नो देशमा उपयोग कसरी गर्ने, वैज्ञानिक रूपमा निकासी कसरी गर्न सकिन्छ भन्नेबारे छलफल हुनुपर्थ्यो । कानुन बनाएर वैज्ञानिक ढंगले काम गर्नुपर्थ्यो तर केही नगरी आफ्नो सत्ता स्वार्थका लागि गर्न नहुने काम सरकारबाट भएको छ । यसलाई मैले राष्ट्रघाती कदमका रूपमा लिएको छु । आजको कान्तिपुरमा खबर छ ।