Trending :
 

नयाँ पार्टी गठन गर्ने कि ओलीसँगै एकतामा जाने दोधारमा माधव नेपाल

जेठ २२,२०७८

-आस्था न्यूज

जेठ २२,२०७८ काठमाडौं ।
एमाले नेता माधवकुमार नेपाल आफ्नो पक्षका नेताले दुई थरी सुझाव दिएपछि दोधारमा देखिएका छन् । 
 
नेपाल पक्षको दुई दिन चलेको बैठकमा अन्तिम अवस्थासम्म पार्टी एकतामा जोड दिनुपर्ने र नयाँ पार्टी बनाएर जानुपर्ने गरी दुई धार देखिएको छ । 
 
एउटा निष्कर्षमा पुग्न राखिएको बैठकमा दुई लाइन देखिएपछि के गर्ने भनेर नेपाल दबाबमा परेका हुन् । 
 
नयाँ पार्टी गठन गर्ने कि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगै अझै एकताका लागि संघर्ष गर्ने भन्ने विषयमा नेपाल दोधारमा परेका हुन् । 
आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।