Trending :
 

अवकाश अघि नै नेतृत्व हस्तान्तरणको तयारीमा प्रधानसेनापति

जेठ २४,२०७८

-आस्था न्यूज

जेठ २४, २०७८ काठमाडौं ।
अवकाश पाउनु ९५ दिनअघि नै प्रधानसेनापति पूर्णचन्द्र थापाले नेतृत्व हस्तान्तरणको प्रक्रिया थालनी गरेका छन् । सैनिक ऐनलाई संशोधन गराएरै भए पनि आफ्नो पदावधि लम्बाउन सक्ने हल्ला चलिरहेका बेला प्रधानसेनापति थापाले अबको बाँकी दिन नेतृत्व हस्तान्तरणमा केन्द्रित हुने बताए । 
 
आफ्नो एक हजार दिन पूरा भएको अवसरमा सञ्चार माध्यमका प्रतिनिधिसँगको अन्तर्क्रियामा आइतबार प्रधानसेनापति थापाले भने, ‘आज बिहानैको कार्यक्रमदेखि नेतृत्व हस्तान्तरणको काम अघि बढाएको छु । सक्षम कमान्डरलाई नेतृत्व हस्तान्तरण गर्नेछु ।’ उनले साउन १५ गतेदेखि अवकाशअघिको एक महिने बिदा लिने पनि प्रस्ट पारे ।
 
प्रधानसेनापति थापाको तीनवर्षे कार्यकाल भदौ २४ गते सकिँदै छ । थापापछि भदौ २५ गतेबाट अहिले बलाधिकृत रथी तथा प्रधानसेनापतिको दोस्रो वरीयताका प्रभुराम शर्माले नेपाली सेनामा तीन वर्षका लागि नेतृत्व लिनेछन् । आजको कान्तिपुरमा खबर छ ।