Trending :
 

खाद्य संस्थानको छुटमा सामान किन्न जादा सास्ती मात्रै

जेठ २६,२०७८

-आस्था न्यूज

जेठ २६, २०७८ काठमाडौं ।
 
उपत्यकाभित्र सरकारी संस्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका नौ वटा बिक्री केन्द्र छन् । यी केन्द्रमा हिजोआज बिहानैदेखि सयौं सर्वसाधारणको लाइन हुन्छ । बजेटमार्फत सरकारले खाद्यवस्तु र ग्यासमा २० प्रतिशत छुट दिने घोषणा गरेको थियो ।
 
हरेक दिन लाइन लाग्नेमध्ये सबैले छुट सुविधा पाउने ग्यारेन्टी भने हुँदैन । यसको कारण हो, जिल्ला प्रशासनको भीड व्यवस्थापनको उर्दी ।
 
धेरै भीड हुन थालेपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले बिक्री केन्द्र बिहान ७ देखि ९ बजेसम्म सञ्चालन गर्न आदेश गरेको छ । २ घण्टामात्रै खुला रहँदा सहुलियतमा खाद्यान्न र ग्यास किन्न आएकाहरू धेरै जना रित्तै हात फर्कनुपरेको बिक्री केन्द्रका अधिकारीहरू बताउँछन् । 
 
सरकारले निषेधाज्ञा अवधिका लागि घोषणा गरेको छुटले सर्वसाधारणलाई सुविधाको सट्टा सास्ती दिएको छ । उपत्यकामा करिब ३० लाखको बसोबास छ । मूल्यमा छुट पाइने सुनेकाहरू निषेधाज्ञामा पैदलै पनि बिक्री केन्द्रमा बिहानै पुगिरहेका छन् । छुट दिने भनिएका वस्तु सीमित क्षेत्रबाट छोटो अवधि मात्रै बिक्री खुला हुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । आजको कान्तिपुरमा खबर छ ।