Trending :
 

वीरको युनिफाइड अस्पतालमा कोरोनाका विरामी आउनेक्रम बढ्यो, निःशुल्क सेवा

जेठ २६,२०७८

-आस्था न्यूज

जेठ २६, २०७८ काठमाडौं ।
वीर अस्पतालको कोभिड १९ युनिफाइड केन्द्रीय अस्पतालमा कोरोना संक्रमित विरामी उपचार गराउन आउनेक्रम दैनिक रुपमा बढ्दो छ ।
 
युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी प्रा।डा जागेश्वर गौतमले कोरोनाका विरामी नयाँ भवनमा उपचारको लागि आउनेक्रम बढिरहेको जानकारी दिनुभयो ।
 
निःशुल्क खाना र औषधीसहित कोरोना संक्रमित विरामीलाई उपचार सेवा दिएको उहाँले जानकारी दिनुभयो ।
 
जुन आर्थिक रुपमा कमजोर हुनुहुन्छ, संक्रमण भएर घरखेत बेचेर उपचार गराउन पर्ने डरमा हुनुहुन्छ, उहाँहरु यस वीर अस्पतालको युनिफाइड अस्पताल आउनुहोस् सरकारले निःशुल्क गरिरहेको डा। गौतम बताउनुहुन्छ ।
 
अक्सिजन सेवा सुविधासहित एक हप्ता अघि सञ्चालनमा आएको यस अस्पतालमा शुरुमा ५० बेड सञ्चालनमा आए पनि अहिले एक सय ५० भन्दा बढी विरामीले उपचार पाइरहेको उहाँले जानकारी दिनुभयो ।
उहाँले विस्तारै बेडको संख्या र आइसीयूलगायत अस्पताललाई आवश्यक पर्ने सामाग्रीहरु थप्दै जान थालेको अस्पतालका प्रमुख कार्यकारी अधिकारी गौतमले बताउनुभयो ।
 
तत्काल एक सय आइसीयू थप गर्न थालेको जानकारी दिँदै अक्सिजन टयाङक र प्लान्ट जडान पनि अबको केही दिनमै हुने भएको छ ।
 
वीरको अर्को भवनमा उपचाररत कोरोना संक्रमित विरामीलाई पनि नयाँ भवनमा ल्याउने र अरु भवनमा कोरोना बाहेकका विरामीलाई मात्रै उपचार गराउने र यो भवनमा कोरोना संक्रमितको मात्र कोभिड विशेष अस्पतालको रुपमा उपचार गराइनेछ ।
 
उहाँका अनुसार यस सर्जिकल भवन पाँच सय बेड क्षमताको रहेको छ । आपतकालीन अवस्था आए बेड थपेर ६ सयसम्म विरामीको उपचार गर्न सकिनेछ । आजको गोरखापत्रमा खबर छ ।