काठमाडौँ-तराई द्रुतमार्ग आसपास पौने दुई लाख बिरुवा रोपिए
-आस्था न्यूज
जेठ २९,२०७८ काठमाडौं ।
राष्ट्रिय गौरवको आयोजना ‘काठमाडौँ-तराईरमधेस द्रुतमार्ग’ निर्माणका क्रममा हालसम्म करिब १६६ हेक्टरमा एक लाख ७६ हजार ५१६ वटा बिरुवा रोपिएका छन् । द्रुतमार्ग निर्माणका क्रममा कटान गरिएका २० हजार रुख तथा बोट बिरुवाको शोधभर्ना स्वरूप ती बिरुवा रोपिएका हुन् ।
दु्रतमार्ग निर्माण गर्ने क्रममा काटिएको एक रुखरबिरुवाको सट्टा २५ बिरुवा रोप्ने सहमति वन तथा भू-संरक्षण विभाग र द्रुतमार्ग निर्माण परियोजनाबीच भएको थियो । द्रुतमार्ग परियोजना प्रमुख सहायक रथी विकास पोखरेलका अनुसार दुई वर्षको अवधिमा बिरुवा रोपणलाई व्यापकता दिइएको छ ।
दु्रतमार्ग निर्माणमा काटिएका रुखको शोधभर्नाबापत सरकारी तथा सामुदायिक वनको खाली जमिनमा पाँच वर्षभित्र पाँच लाख बिरुवा रोप्नुपर्छ ।
बाराको कछडिया-नागमणि, लालगाउँ-जनहित, सहजनाथ–कोहल्वी र रामवन सामुदायिक वनको १६६.३७ हेक्टरमा रोपिएका कतिपय बिरुवा दुई मिटर अग्ला भइसकेका छन् । ती वनमा फलफूल जातिका १९ हजार र वन प्रजातिका एक लाख ५७ हजार पाँच सय बिरुवा रोपिएका छन् ।
द्रुतमार्ग निर्माणको जिरो प्वाइन्ट निजगढ बारा भएकाले वृक्षरोपणमा स्थानीय सामुदायिक वन विशेष प्राथमिकतामा परेका हुन् । आर्थिक वर्ष २०७७/७८ भित्र २०१ हेक्टरमा वृक्षरोपण गरिसक्ने लक्ष्य अनुरूप तीव्र गतिमा काम भइरहेको परियोजनाले जनाएको छ । आजको गोरखापत्रमा खबर छ ।