Trending :
 

रोकिएका लोक सेवाका परीक्षा दशैँअघि गरिसक्ने तयारी

आषाढ ०१,२०७८

-आस्था न्यूज

असार १, २०७८ काठमाडौं ।
लोक सेवा आयोगले रोकिएका सम्पूर्ण परीक्षा दशैँअघि गरिसक्ने गरी आन्तरिक तयारी गरिरहेको छ । आयोगमा पदाधिकारी सिफारिस भए पनि नियुक्ति भइनसकेको तथा कोरोना ९कोभिड–१९० महामारीका कारण लोक सेवासम्बन्धी परीक्षाको आन्तरिक तयारी मात्रै भएको हो ।
 
कोरोना महामारीका कारण स्थगित चालू आर्थिक वर्षका सम्पूर्ण परीक्षा सञ्चालन र नियमित कार्यतालिकाअनुसार कसरी अगाडि बढ्ने भन्नेमा आयोगले आन्तरिक तयारी गरेको हो । आयोगमा पदाधिकारी नहुँदा र कोरोनाका कारण खरिदारदेखि सहसचिवसम्मको परीक्षा सञ्चालनमा बाधा पुगेको छ ।
 
लोक सेवा आयोगका सचिव महेन्द्रप्रसाद गुरागाईंले आयोगका पदाधिकारी सिफारिस भए पनि नियुक्ति भइनसकेकाले आन्तरिक रूपमा मात्रै काम गरिएको बताउनुभयो । उहाँले कोरानाका कारण विज्ञापन भएका कतिपय पदको परीक्षा हुन बाँकी रहेको जानकारी दिनुभयो । 
 
उहाँले भन्नुभयो, “कोभिड-१९ का कारण रोकिएको परीक्षा अगाडि बढाउने योजना बनाएका छौँ । कोभिड सङ्क्रमण कम भएपछि उपयुक्त समयमा परीक्षा सञ्चालन सुरु गर्ने गरी तयारी गरेका छौँ ।”
 
चालू आर्थिक वर्षको दरबन्दी पदपूर्ति गर्न पदाधिकारीले नियुक्ति पाउनासाथ थप काम अगाडि बढ्ने उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “निषेधाज्ञा रोकिनु प(यो र विद्यार्थीलाई कम्तीमा पढ्नका लागि एक महिना समय राखेर सूचना निकाल्नु प(यो ।”
 
साउनमा परीक्षा सञ्चालनको सूचना निकाल्ने तयारी रहेको जानकारी दिँदै उहाँले कोभिड सङ्क्रमणको अवस्थामा निर्भर गर्ने बताउनुभयो । सचिव गुरागाईंले भन्नुभयो, “परीक्षा सञ्चालन गर्न सरकारले अनुमति दिने र जोखिम नहुने अवस्था भयो भने जहिलेदेखि हुन्छ त्यहिलेदेखि गर्ने, साउनपछि गर्न सकिन्छ भन्ने योजना बनाएका छौँ ।”
 
आयोगका प्रवक्ता तोयनारायण सुवेदीले अघिल्लो आर्थिक वर्षको खरिदार पदको प्रवेश परीक्षा भएर मूल परीक्षा रोकिएको जानकारी दिनुभयो । आजको गोरखापत्रमा खबर छ ।