Trending :
 

निषेधाज्ञाको अवधिमा पनि कर उठाउन पाउने

आषाढ ०२,२०७८

-आस्था न्यूज

असार २,२०७८ काठमाडौं ।
सर्वोच्च अदालतले सरकारलाई निषेधाज्ञाका अवधिमा पनि कर उठाउन बाटो खुला गरेको छ । यस अघि सर्वोच्चबाट निषेधाज्ञा पूर्णरुपमा खुलेपछि बाटोको म्यादबाहेक ३० दिनभित्र विवरण र कर बुझाउन सक्ने गरी भएको अन्तरिम आदेशलाई परिवर्तन गरेको छ ।
 
न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इलासबाट अर्थ मन्त्रालयले सूचना प्रकाशित गरी सो अवधिमा करको विवरण र कर नबुझाएमा जरिबान लाग्ने आदेश भएको छ ।