अन्तरजातीय विवाह गरेको भन्दै वडाध्यक्षले छोराहरुलाई बावुको अन्त्येष्टि गर्न रोके

आषाढ ०४,२०७८

-आस्था न्यूज

असार ४,२०७८ काठमाडौं ।
अन्तरजातीय विवाह गरेको आरोपमा ओखलढुंगाको चम्पादेवी गाउँपालिका ३, ताप्केडाँडाका मित्रबहादुर तामाङको अन्येष्टिमा दुई छोराहरुलाई सहभागी हुन रोक लगाइएको छ । ७० वर्षीय तामाङको गत जेठ २९ मा घरमै निधन भएको थियो । 
 
उनका चार भाइ छोराहरु छन् । त्यसमध्ये माइला शंकर तामाङ र कान्छो प्रदीपलाई अन्र्तजातीय बिहे गरेको कारण देखाएर बुवाको अन्त्येष्टिमा सहभागी हुन समाजले रोक लगाएको छ ।  उक्त कामको नेतृत्व वडाअध्यक्ष बलबहादुर तामाङले गरेका छन् ।
 
वडाअध्यक्ष तामाङले समुदायलाई उकासेर बुवाको मुख हेर्नसम्म नदिएको शंकर र प्रदीपको गुनासो छ । बुवा बितेको खबर सुनेपछि शंकर धादिङबाट र कान्छो प्रदीप काठमाडौंबाट घर पुगेका थिए । तर बुवाको अन्त्येष्टि स्थलमा पुगेका उनीहरुलाई माटो चढाउन पनि रोक लगाइयो । 
 
‘यदि तिमी र तिम्रो भाइ कान्छाले छोयौँ भने सबै मलामी फर्किन्छौं भनेर रोकियो, शंकरले भने, त्यसपछि आमा रुनुभयो र तिमीहरु फर्क नत्र म झुन्डिएर मर्छु भनेपछि हामी त्यही दिन काठमाडौं फर्कियौं ।’ उनीहरु फर्किएपछि जेठो यामबहादुर र साइलो तुलबहादुरले बुवाको अन्त्येष्टि तथा परम्परा अनुसार कामकाज गरेका छन् । 
 
शुक्रबार घरमा बुवाको काजकिरिया भइरहेको छ । तर माइलो र कान्छो काठमाडौंमै छन् । अन्त्येष्टिका मुख्य पूजारी लामाले क्रियापुत्रीको रुपमा सहभागी भएपनि होउ भने । तर वडाअध्यक्ष बलबहादुर तामाङको नेतृत्वको गाउँलेले नदिएको उनीहरुको आरोप छ । अन्नपूर्णबाट