Trending :
 

खानेतेलको मूल्य एक वर्षमा १२० रुपियाँ महँगियो

आषाढ ०५,२०७८

-आस्था न्यूज

असार ५,२०७८ काठमाडौं ।
एक वर्षमा खानेतेलको मूल्य प्रतिलिटर १२० रुपियाँसम्म महँगिएको छ । यस अवधिमा सबैभन्दा  बढी सूर्य मुखी तेल (सनफ्लावर) र भटमासको  तेल (सोयाविन तेल) महँगिएको छ ।  
 
कच्चा तेलका लागि विदेशकै भर पर्नुपर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा मूल्य उच्च दरले मूल्य वृद्धि भएकाले तेलको मूल्य बढेको बताइएको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार गत वर्ष वैशाख महिनामा सोयाबिनको तेल प्रतिलिटर १६० रहेकामा अहिले २७० र सनफ्लावर तेल १५५ बाट २७५ रुपियाँ पुगेको छ ।
 
सनफ्लावर धारा हेल्थ प्रतिलिटर १९० बाट २७० र तोरीको तेल २५० बाट ३२० रुपियाँ पुगेको छ । घिउ-तेल उत्पादक उद्योगीहरु तेलको मूल्य  नेपालभन्दा विश्व बजारमा अझै बढी दरले  बढेको  दाबी गर्छन् ।
 
वनस्पति  घिउ-तेल उत्पादन सङ्घका अध्यक्ष सन्दीप कुमार अग्रवालले  तेलको मूल्य बढ्नुको  मुख्य  कारण तेल उत्पादनमा प्रयोग गरिने कच्चा पदार्थको उच्च वृद्धि नै भएको बताए  
 
उनले अन्य कारणले पनि मूल्य बढेको र त्यसमा प्याकिङमा प्रयोग हुने  सामान, खानेतेलमा बढेको भन्सार महसुल, मूल्य अभिवृद्धि कर र  पेट्रोलियम पदार्थको मूल्य वृद्धिलगायत रहेको बताए । आजको गोरखापत्र दैनिकमा खबर छ ।