Trending :
 

एमाले कार्यदलको बैठक सकारात्मक तर्फ केन्द्रित, आज पनि बैठक बस्ने

आषाढ २२,२०७८

-आस्था न्यूज

असार २२,२०७८ काठमाडौं ।
नेकपा एमाले भित्रको अन्तरविरोध समाधान गर्न सक्रिय कार्यदलको आजको बैठक सम्पन्न भएको छ । साथै वार्ता सकारात्मक र सौहार्दपूर्ण रहेको बताइएको छ ।
 
माधवकुमार नेपाल पक्षका कार्यदल सदस्य गोकर्ण विष्टले वार्ता पछि पत्रकारहरूसँग भन्नुभयो, एक आपसमा अत्यन्तै सकारात्मक ढङ्गले सौहार्द वातावरणमा वार्ता भयो र हामी आशावादी बन्ने अबस्था बनेको छ । 
उहाँले पार्टी कार्यकर्ता र आम जनताको चहाना एमाले पार्टी एकता टुटनु हुँदैन भन्ने भएकाले पर्टी भित्रका असहमति बारे छलफल गरेर निकास खोज्ने र त्यही अनुसार छलफल अगाडि बढाउने बारे विषयवस्तु अगाडि बढेको बताउनुभयो ।
 
आजको बैठकमा यस अघि भएका अनौपचारिक औपचारिक छलफलका विषयहरु रिपोटिङ्ग हुनुका साथै सहमतिको बातावरण कसरी बनाउँन सकिन्छ भन्नेमा सकारात्मक रुपमा केन्द्रित बनेको विष्टको दावी छ ।
यसै गरी वार्तामा माधव नेपाल पक्षका तर्फबाट सहभागी रघुजी पन्तले वार्ता सकारात्मक रहेको र मंगलबार पुनः १ बजे बस्ने तय भएको बताउनुभयो । त्यस्तै नेपाल पक्षीय नेता भीम रावलले बैठक नियमित रुपमा अघि बढाउने निर्णय गरेको बताउनुभयो । 
 
उहाँले सोमबार कुनै विषयमा प्रवेश नगरेको र एमालेका आन्तरिक समस्याका बारेमा गम्भीर छलफल गरेर जाने तय गरेको बताउनुभयो । आजको गोरखापत्रमा खबर छ ।