Trending :
 

आफ्नै मृत्यु दर्ता खारेज गर्न अड्डा धाउँदै सुभाष तामाङ

श्रावण २५,२०७८

-आस्था न्यूज

साउन २५,२०७८ काठमाडौं ।
मृत्युलाई खण्डन गर्ने प्रमाण के हो? त्यो जीवन नै हो । यहाँका एक युवक आफू जीवित रहेको दाबी गर्दै सरकारी अड्डा लगातार धाइरहेका छन् तर उनको मृत्यु दर्ता खारेज हुन सकेको छैन । ‘म जिउँदै छु, लौ हेर्नुस् भनेर जतिपटक जिरह गर्दा पनि पार लागेन,’ मोरङ बेलबारी नगरपालिका-११ लक्ष्मीमार्गका सुभाष तामाङले हैरानी सुनाए ।
 
गल्तीले गरिएको ‘मृत्यु दर्ता’ सच्याउन सुभाषले प्रयास थालेको तीन वर्ष भएको छ । गाउँपालिका र जिल्लाबाट नसच्चिएपछि उनी गृह मन्त्रालयसम्मै पुगे । गृहले प्रमुख जिल्ला अधिकारी ९सीडीओ० बाटै काम गराइमाग्नू भनेर पठायो । ‘सीडीओले कहिले यो मिलेन भन्छन्, कहिले त्यो मिलेन भन्छन्,’ सुभाषले भने, ‘ए बाबा, म जिउँदै हाजिर छु, अरू के प्रमाण चाहिने?’ मृतक अभिलेखबाट नाम नहट्दा उनले नयाँ नागरिकताको प्रमाणपत्रसमेत पाउन सकेका छैनन् ।
 
रोजगारीका क्रममा साउदी अरब गएका बेला उतै मृत्यु भएको झूटो खबर आएपछि सुभाषको मृत्यु दर्ता भोजपुरको साविक कुदाकाउले-९ ९हालको षडानन्द नगरपालिका० मा २०७२ साउन ६ गते भएको थियो । अनलाइन प्रणालीले उनको नागरिकता र राहदानीको विवरणमा समेत मृत्यु भइसकेको उल्लेख गरेको छ जसका कारण सुभाष समस्यामा परेका हुन् ।
 
मोरङको बेलबारीमा बसाइँ सरेका उनलाई हाल भोजपुरको षडानन्द नगरपालिका र बेलबारी नगरपालिकाको वडा कार्यालयले जीवित भएको प्रमाणपत्र भने दिएका छन् । सुभाषले यसअघि भोजपुरको कुदाकाउलेबाट २०६० जेठ २९ गते ४८४१–११–२५५४ नम्बरको नागरिकता लिएका थिए । 
 
नागरिकता लिएलगत्तै राहदानी बनाएर उनी साउदी अरब गए । चार जना साथी २०७२ असार २५ गते ट्याक्सीमा सवार भएर एटीएम बुथ जाने क्रममा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो । सिकिस्त दुईलाई हेलिकप्टरमार्फत अब्दुलअजिज अस्पताल पुर्‍याइयो ।
 
भोलिपल्ट अस्पतालमा एक जनाको मृत्यु भयो । अर्का सिकिस्त घाइते कोमामा थिए । कोमामा रहेका ती व्यक्ति बागलुङ ढोरपाटन–६ का तेजेन्द्र भण्डारी भएको सबैको अड्कल थियो ।
 
उनीहरू काम गर्ने हुन्डाईका प्रतिनिधिले अस्पताल पुगेर एउटा शव सुभाषको भएको किटानी गरिदिए । त्यसपछि अस्पतालले सुभाषको मृत्यु भएको प्रमाणपत्र बनाइदियो । 
 
कम्पनीले राहदानीमा समेत मृत्यु भएको छाप लगाएर २८ दिनपछि शव नेपाल पठाइदियो । ‘शव नेपाल आएपछि मृत्यु दर्ता गरेर बुझ्न आउनू भनेर खबर आयो,’ उनकी पत्नी सन्तोषीले भनिन्, ‘त्यसपछि मृत्यु दर्ता प्रमाणपत्र लिएर शव बुझ्न काठमाडौं गयौं, शव बुझेर लक्ष्मीमार्ग ल्याएर अन्त्येष्टि र काजकिरिया पनि गर्‍यौं ।’आजको कान्तिपुरमा खबर छ ।