Trending :
 

उपत्यकामा ‘नो हर्न स्टिकर अभियान’ शुरु

श्रावण २८,२०७८

-आस्था न्यूज

साउन २८, २०७८ काठमाडौं ।
ध्वनि प्रदूषणले स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले मंगलबारदेखि सवारीसाधनमा हर्न बजाउन निषेध गर्दै ‘नो हर्न स्टिकर अभियान’ शुरु भएको छ। वि.सं. २०७४ साल वैशाख १ देखि उपत्यकाका विभिन्न स्थानमा हर्न निषेधित क्षेत्र घोषणा गरिएको थियो । 
 
त्यसपछि हर्न प्रयोगमा केही कमी आएको थियो । शुरुवाती दिनमा यसको कार्यान्वयनमा कडाई गरिए पनि कोरोना संक्रमणपछि क्रमशः यो अभियानलाई बेवास्ता गरिएको थियो ।
 
‘नो हर्न’ अभियानलाई थप प्रभावकारी र कडाई गर्न मगंलबारदेखि ‘हर्न निषेध’ स्टिकर टाँस्ने अभियान नै ट्राफिक प्रहरीले चलाएका छन् । चालकले देख्ने गरी गाडीको अगाडिको सिसामा स्टिकर टाँसिएका छन् ।
अभियान शुरु भएको चार वर्ष पुग्दा पनि अहिलेसम्म एक जनालाई पनि कारबाही नगरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता (एसपी) सन्जिव शर्मा दास बताउनुहुन्छ । उहाँका अनुसार यातायात विभागले स्वीकृत नदिएका कारण कारबाही गर्न नसकिएको हो । 
 
तर कसैले निषेधित क्षेत्रमा हर्न बजाउनेलाई कारबाही गर्ने स्वीकृति छैन ।” कोरोनाका कारण पछिल्लो दिनमा क्रमशः हर्नको प्रयोगमा अनावश्यक रुपमा वृद्धि हुँदै गएकाले पुनः अभियान शुरु गरेको उहाँको भनाइ छ ।
 
यस्तै, हर्नबाट मानव स्वास्थ्यमा गम्भीर असर पार्ने स्वास्थ्यविद डा। सागरकुमार भण्डरी बताउनुहुन्छ । उहाँले भन्नुभयो,“ हर्नबाट हुने ध्वनी प्रदूषणले मनोसामाजिक असर, एन्जाइटिक असर, कानको जाली फुट्ने, ध्यान भङ्ग गर्ने जस्ता कारणले दुर्घटनाको उच्च जोखिम हुन्छ ।” मानसिक तनाव, डिप्रेसन, एन्जाइटिक डिसअर्डर, छटपटीको समस्या, अनिन्द्रा ध्वनि प्रदूषणले हुन्छ । यसबाट पागलपन हुने जस्तो गम्भीर समस्या उत्पन्न हुनसक्छ ।
 
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख (एसएसपी) जनक भट्टराईका अनुसार उपत्यकाका ३८ वटा ट्राफिक कार्यालयले एक साथ ५० हजार ‘नो हर्न स्टिकर’ टाँस गरी अभियानलाई शुरुवात गरेको छ । उहाँले पैदल यात्रीहरुलाई पनि आकाशेपुल र जेब्राक्रसबाट मात्र बाटो काट्न अनुरोध गर्नुभएको छ ।