Trending :
 

तीन वर्ष धाएपछि सुभाषले पाए आफू जीवितै रहेको प्रमाणपत्र

श्रावण २९,२०७८

-आस्था न्यूज

साउन २९,२०७८ काठमाडौं ।
जीवित हुँदै परिवारले मृत्यु दर्ता गरिदिएपछि फेरि जीवित भएको प्रमाण प्राप्त गर्न कति दुःख र हन्डर खानुपर्छ भन्नेमा गतिलो उदाहरण बनेका छन्मो-रङ बेलबारीका सुभाष तामाङ ।
 
उनले आफु जीवितै भएको प्रमाण प्राप्त गर्न तीन वर्ष कुर्नुमात्र परेन, निकै सास्ती झेल्नु परेको छ । पञ्जीकरणमा मृतक उल्लेख भएको तर आफू जीवितै रहेको अवस्थामा उनले नागरिकताका लागि स्थानीय तहदेखि गृह मन्त्रालयसम्म तीन वर्षदेखि भौंतारिनु परे पनि बल्ल आफू जीवित रहेको प्रमाणपत्र प्राप्त गरेका छन् ।
 
तीन वर्ष धाएपछि बल्ल बिहीबार सुभाषले नागरिकता प्राप्त गरे । उनले आफू जीवित भएको प्रमाण पनि प्राप्त गरेका छन् ।
 
उनलाई मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले नागरिकताको प्रतिलिपि हस्तान्तरण गरेका छन् । निरौलाले मृत्युदर्ता हुनु अघि भोजपुरबाट बसाई सराई गरेर मोरङ आएको प्रमाणको आधारमा सुभाषको मृत्युदर्ता झुटो ठहर भएपछि नयाँ नागरिकता दिएका हुन् । 
 
उक्त निर्णयसँगै सुभाषलाई प्रजिअ निरौलाले जिल्ला प्रशासन कार्यालय भोजपुरबाट २०६० पुस २१ गते जारी भएको ४८४१-११-२५४४ नम्बरको पुरानै नागरिकताको नयाँ प्रतिलिपि हस्तान्तरण गरेका हुन् ।
 
आफू जीवितै भएको प्रमाणसहित नागरिकता प्राप्त गर्न आफूले तीन वर्षसम्म धेरै हन्डर र दुःख भोग्नु परेको उनले सुनाए । नागरिकताका लागि स्थानीय तह र गृह मन्त्रालयसम्म पुगेको सम्झँदा त धेरै दुःख लागेको उनले बताए । आजका पत्रपत्रिकामा खबर छ ।