Trending :
 

कुर्था-जयनगर रेल सञ्चालनबाट अलग हुने भारतीय कम्पनीको संकेत

श्रावण २९,२०७८

-आस्था न्यूज

साउन २९,२०७८ काठमाडौं ।
 
कुर्था-जयनगर रेल सञ्चालनका लागि सरकारले गरेको सम्झौता कार्यान्वयन गर्न ढिलाइ भएकोमा भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन लिमिटेडले सम्झौताबाट बाहिरिने संकेत गरेको छ ।
 
बुधबार नेपाल रेलवे कम्पनीका महाप्रबन्धकसहित सरोकारवाला निकायलाई पठाएको पत्रमा यस्तो ढिलाइ हुँदै गए आफ्नो कम्पनी सम्झौताबाट बाहिरिने संकेत पनि दिएको हो ।
 
पाँच महिनाअघि मे २१, २०२१ मा रेलवे कम्पनी र भारतीय रेल्वे कम्पनीबीच जयनगर–कुर्थामा रेल सञ्चालनको सम्झौता भएको थियो । 
 
आजको कारोबार दैनिकमा खबर छ ।