Trending :
 

उपत्यकामा बढ्यो कोरोना जोखिम

भाद्र ०२,२०७८

-आस्था न्यूज

भदौ २, २०७८ काठमाडौं ।
काठमाडौँ उपत्यका कोरोना सङ्क्रमितको उच्च जोखिममा रहेको छ ।  पाँच÷छ सयको हाराहारीमा सङ्क्रमित हुने गरेकोमा मङ्गलबार उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेर एक हजार  नाघेको  छ  । स्वास्थ्य तथा जनसङ्ख्या  मन्त्रालयका अनुसार काठमाडौँमा मङ्गलबार ६७३ जना सङ्क्रमित थपिएका छन् ।
 
यस्तै  भक्तपुरमा  १४१  सङ्क्रमित  थपिँदा  ललितपुमा  २१९ जना सङ्क्रमित एकैदिन थपिएका  हुन्  ।  मङ्गलबार  काठमाडौँ  उपत्यकामा  मात्र  एक  हजार  ३३  जना  कोरोना  सङ्क्रमित  थपिएका  हुन् । 
 
११ हजार ५६५ जनाको पीसीआर तथा छ हजार १२४ जनाको एन्टिजेन विधिबाट गरी कुल १७ हजार ६८९ जनाको कोरोनाको नमुना परीक्षण भएको छ । गोरखापत्र दैनिकमा खबर छ ।