Trending :
 

पर्वतमा व्यावसायिक चिया खेती सुरु

भाद्र १५,२०७८

-आस्था न्यूज

भदौ १५,२०७८ काठमाडौं।
पर्वतमा चिया खेतीको परीक्षण सफल भएपछि व्यावसायिक खेती सुरु भएको छ । यहाँको महाशिला गाउँपालिकाले चिया खेती विस्तार गर्न थालेको हो । 
 
गाउँपालिकाको पहलमा व्यावसायिक चिया खेतीबाट तयारी चिया उत्पादन गर्न थालिएको हो ।बाँझो रहेको खेत र जङरगलको छेउछाउमा चियाका बिरुवा रोप्ने काम धमाधम भइरहेको छ । स्थानीयवासी अन्य परम्परागत बालीभन्दा चियाको उत्पादन राम्रो हुने भन्दै खुसी छनर ।
 
महाशिला गाउँपालिका–६, फलामखानीमा ६० रोपनी जग्गामा लगाइएको चिया बगानबाट यस वर्ष तयारी चिया उत्पादन भएको छ । फलामखानीमा चिया सफल भएपछि यो वर्ष अरू खेती नगरी खाली जमिन र बाँदरले हैरान पार्ने स्थानमा चिया खेती गरिएको महाशिला गाउँपालिकाका आर्थिक समितिका संयोजक ईश्वरीप्रसाद भुसालले जानकारी दिनुभयो ।
 
“गत वर्ष ५० हजार बिरुवा रोपियो,” भुसालले भन्नुभयो, “यस वर्ष थप क्षेत्र विस्तार गरेर ५० हजार बिरुवा रोप्ने तयारी छ । बाँदरले बाली खाएर हैरान हुने क्षेत्रमा चिया खेती गर्ने कार्यक्रम छ । ” स्थानीय तहमा जनप्रतिनिधि आएपछि अहिले यो योजना सफल भएको महाशिला–६, फलामखानीका अध्यक्ष रामबहादुर सुनारले बताउनुभयो ।
 
फलाम खानीबाट विस्थापित दलित समुदाय चिया खेतीमा आकर्षित भएका छनर । अध्यक्ष सुनारले भन्नुभयो, “यहाँको फलामखानीमा ७० परिवार आश्रित थिए । खानी बन्द भएपछि आम्दानी गुमेका परिवार अहिले चियाखेतीमा संलग्न छनर । ” सुरुकै आर्थिक वर्षको नीति तथा कार्यक्रममा गाउँपालिकाले चिया खेती प्रवद्र्धन कार्यक्रम समावेश गरेको बताउनुुभयो । गोरखापत्रमा खबर छ ।