दलमाथि लगानी गर्ने रकम भ्रष्टाचारबाट, हिसाबमा देखाउँदैनन्
-आस्था न्यूज
भदौ २२, २०७८ काठमाडौं ।
राजनीतिक दलको मुख्य आम्दानीको स्रोत के हो ? प्रस्ट छ– विभिन्न व्यक्ति र संस्थाले दिने चन्दा । तर, केही वर्षयता प्रमुख राजनीतिक दलको हिसाब हेर्ने हो भने उनीहरूले चन्दा र सहयोग खासै देखाएका छैनन् ।
अधिकांश दलको लेखा परीक्षण प्रतिवेदनमा चन्दा र सहयोग भन्ने अनुसूचीमा कतैबाट लिएको देखाइएको छैन। जबकि राजनीतिक दललाई चन्दा दिएको उद्योगपति,व्यापारीले सार्वजनिक मञ्चमै बताउने गरेका छन् ।
२०७५ जेठमा एमाले र माओवादीबीच एकता भएर बनेको तत्कालीन नेकपाको दुई वर्षको कागजी हिसाब हेर्ने हो भने कतैबाट चन्दा लिएको देखिँदैन । गत फागुनमा सर्वोच्च अदालतको आदेशले दुई पार्टी पूर्वावस्थामा फर्कनुअघि तीन वर्षभन्दा बढी अवधि नेकपा सबैभन्दा ठूलो दलका रूपमा कायमरह्यो । नेकपासहित अन्य दलले दुईवटा आर्थिक वर्षमा गरेका कारोबारलाई कान्तिपुरले केलाउने प्रयास गरेको छ ।
नेकपाले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा चन्दा र सहयोग खासै देखाएको छैन । २०७५/७६ मा संस्थागत सहयोग भन्दै जम्मा १८ लाख ७६ हजार रुपैयाँ उठाएको छ भने २०७६/७७ मा चन्दा र सहयोग शून्य देखाएको छ । चन्दाबिनै चलेको अर्को पार्टी हो– जसपा । उसले २०७६/७७ मा कतैबाट पनि चन्दा लिएको देखिँदैन । २०७५/७६ मा भने २६ लाख ८६ हजार ५ सय २० रुपैयाँ चन्दारसहयोग लिएको देखिन्छ । त्यसमध्ये व्यक्तिगत रूपमा २ लाख, संस्थागत ९नेफेसो० बाट १ लाख ५१ हजार २० रुपैयाँ र अन्यबाट २३ लाख ३५ हजार ५ सय रुपैयाँ उठाएको छ ।
राजनीतिक दलसम्बन्धी ऐन र नियमावलीमा दलले १ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग लिँदा सम्पूर्ण विवरण खुलाउनुपर्ने प्रावधान छ । आर्थिक सहयोग दिने व्यक्ति, संस्थाको नाम, थर, ठेगाना, पेसा, स्थायी लेखा नम्बर तथा त्यस्तो आर्थिक सहयोग दिइएको रकमको स्रोत र त्यस्तो रकममा कर लाग्नेरनलाग्ने खुलाउन मात्र लिनुपर्ने हुन्छ । दलले त्यस्तो विवरणको अभिलेखसमेत राख्नुपर्ने हुन्छ । तर दलहरूको लेखा परीक्षण प्रतिवेदनमा कसले कति दियो भन्ने उल्लेख छैन ।
जसपाले आम्दानीको स्रोतमा अन्यबाट प्राप्त भन्ने उल्लेख गरेको छ । कांग्रेस सबैभन्दा बढी चन्दा उठाउने पार्टीका रूपमा देखिएको छ । उसले २०७६/७७ मा ६२ लाख २१ हजार ६ सय ६१ उठाएको थियो भने २०७५/७६ मा १ करोड ४६ लाख ४० हजार ७ सय ६ संकलन गरेको थियो ।
पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल दलहरूले ‘ठूला भ्रष्टाचार र अपराधीको पैसा’ चन्दारसहयोगका रूपमा लिए पनि लेखामा अभिलेख नराख्ने गरेको आरोप लगाए । ‘दलहरूको मुख्य आयस्रोत नै चन्दा हो, चन्दा कसरी लिने, कोबाट कति लिने भन्ने कानुनमा स्पष्ट छ,’ उनले भने,‘राजनीतिक दलमाथि लगानी गर्ने रकम ठूला भ्रष्टाचारबाट आउने हो ।
पछिल्लो पटक ७० करोडको मोलमोलाइ पनि दललाई चाहिन्छ भनेर गरेको हो नि १ त्यत्रो पैसा एउटैले खाने आँट गर्दैन । त्यसैले जति पनि ठूला भ्रष्टाचारको कुरा आउँछ, दलहरूले चासो दिँदैनन् ।’
चन्दारसहयोग उठाउनेमा कांग्रेसजस्तै तत्कालीन साझा पार्टी पनि हो । उसले आर्थिक वर्ष २०७५/७६ मा कतैबाट पनि चन्दा नउठाएको विवरण तयार गरेको छ भने २०७६/७७ मा व्यक्तिगत ९स्वदेशी० बाट नगद ३८ लाख ४४ हजार ९ सय ८२ र संस्थागत ९स्वदेशी० बाट ३ लाख ८७ हजार ६ सय ९५ रुपैयाँ चन्दारसहयोग उठाएको हिसाब राखेको छ । यो पार्टीले २७ हजार ९ सय ९९ रुपैयाँको सामग्री बुझेको हिसाब पनि उतारेको छ ।
सीपी मैनाली नेतृत्वको नेकपा ९माले० ले पनि कतैबाट चन्दा र सहयोग नलिएको आफ्नो लेखा परीक्षणमा उल्लेख गरेको छ । केन्द्रीय समितिका पदाधिकारीले लेबीबाहेक १ लाख ७५ हजार रुपैयाँ पार्टीलाई सहयोग गरेको आर्थिक विवरण उसले तयार गरेको छ । मालेले उल्टै १३ जनालाई ७ लाख ८२ हजार रुपैयाँ सापटी दिएको देखिन्छ । एक जनाले २ लाख रुपैयाँसम्म सापटी लगेका छन् ।
कान्तिपुरमा खबर छ ।