साझाले थप ४८ वटा विद्युतीय बस ल्याउने
-आस्था न्यूज
भदौं २५,२०७८ काठमाडौं ।
साझा बसले थप सेवा विस्तार गर्न ४८ वटा विद्युतीय बस काठमाडौं ल्याउने तयारी अन्तिम चरण पु¥याएको छ । हाल ७१ वटा डिजलबाट गुड्ने गाडीले सेवा दिँदै आएको साझाले वातावरणमैत्री सवारीसाधन सञ्चालन गर्ने लक्षसँगै तीन महिनाभित्र बस काठमाडौं ल्याई सक्ने साझा वस सञ्चालक समितिका सदस्य भुषण तुलधारले जानकारी दिनुभयो ।
सन् २०३० सम्ममा विश्वबाट इन्धनबाट गुड्ने सवारीसाधनलाई विस्थापित गरी विद्युतीय सवारीसाधन प्रयोगमा ल्याउने लक्ष्य राखेको छ । विद्युतीय सवारीसाधन प्रयोगलाई प्राथमिकता दिदै इन्धनबाट गुड्ने सवारीसाधनलाई विस्तापित गर्दै सन् २०३० सम्ममा विस्थापित गर्ने गरी नेपालले समेत सहमती जनाएपनि हाल विद्युतीय सवारीसाधन प्रयोगको दर भने बड्न सकेको छैन ।
साझा बसले चीनको सीएचटीसी कम्पनीबाट तत्काल ४० वटा बस खरिद गर्ने गरी टेन्डर स्वीकृत गरी सकेको तुलधारले जानकारी दिनुभयो । साझाले गरेको बोलपत्र आव्हानमा नौ वटा चिनियाँ कम्पनी सहभागी भएमध्ये सीएचटीसी किनवेन ९नान्जिङ० कम्पनीलाई छनोट गरेको जनाएको छ । बसको क्षमता र फर्ममेन्स हेरेर २० प्रतिशतसम्म गाडी थप गर्ने छौ, समितिको बैठकमा सहमती भए तत्काल ४८ वटा गाडी खरिद गर्ने उहाँले बताउनुभयो ।
साझाले तोकेको मूल्यभन्दा २७ प्रतिशत सस्तोमा गाडी काठमाडौं ल्याइने भएसँगै साझाले थप गाडी थप गर्ने गरी निर्णय गर्न सक्ने भएको हो । चालक र ह्वीलचेयरसहित २६ सीट क्षमताको गाडीले ललितपुर र काठमाडौंमा सेवा विस्तार गर्ने छ । यो गाडी अपाङगमैत्री हुने साझाले जनाएको छ ।
हाल सुन्दर यातायातले चीनमा निर्मित विएके कम्पनी छ वटा गाडीले काठमाडौं रिङरोडमा सेवा दिँदै आएको छ भने चीनमै निर्मित बीवाइडी लुम्बिनी १० वटा लुम्बिनी क्षेत्रमा सञ्चालनका लागि ल्याईएको भए पनि दुई वर्षदेखि सञ्चालनमा आउन सकेको छैन । साझा वसको सेयर नेपाल सरकारले खरिद गरेपछि बस खरिदको प्रकृया अघि बडेको थियो । सरकारले साझामा तीन अर्बको सेयर लगानी गरेको छ ।
विद्युतीय बस सञ्चालनमा आउने भएपछि यसका लागि अत्यवश्यक पर्ने पूर्वाधार चार्जिङ स्टेशन, ब्याट्रीको व्यवस्थापन लगायतका विषयमा सरकारसँग सहकार्य गरी साझाले पहल शुरु गरेको जनाएको छ । गोरखापत्रमा खबर छ ।