सचेत नहुँदा तेस्रो पटक सम्म कोरोना सङ्क्रमण पुष्टि

भाद्र २७,२०७८

-आस्था न्यूज

भदौ २७, २०७८ काठमाडौं ।
सर्वसाधारण मानिस तथा स्वास्थ्यकर्मीलाई दोस्रो वा तेस्रो पटक सम्म कोरोना भाइरस सङ्क्रमण पुष्टि भइरहेको पाइएको छ । 
 
कोरोनाबाट पुनः सङ्क्रमित नहुन जनस्वास्थ्यका मापदण्डबाहेक अन्य उपाय नभएको चिकित्सकहरू बताउँछन् । नेपालमा  विभिन्न   किसिमका भेरियन्ट फैलिरहेको हुनाले पनि पटक-पटक सङ्क्रमित  हुनुपरेको चिकित्सकको भनाइ छ  ।  
 
ती व्यक्तिमा एन्टिबडी विकास भइनसकेको वा कम समयमात्र एन्टिबडी   शरीरमा रहेको चिकित्सकहरू बताउँछन् । गएको वैशाख महिनामा डा।  शान्ता पौडेललाई पहिलो पटक कोरोना पुष्टि भएको थियो । अस्पतालमा कार्यरत रहँदा रहँदै कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि डा। पौडेलले पीसीआर परीक्षण गराए  । 
 
पीसीआर पोजेटिभ  देखिएपछि उनी होमआइसोलेसनमा बसे । दुई साताको बसाइपछि डा।पौडेललाई कोरोना निको भयो । पहिलो पटक कोरोना सङ्क्रमण हुँदा ज्वरो आउने, खोकी लाग्ने जस्ता समस्या देखापरेको थियो । कोभिसिल्ड खोप लगाएका कारण आफूलाई अस्पताल भर्ना हुनु पर्नेगरी समस्या नभएको डा. पौडेलले जानकारी  दिए ।  
 
त्यसपछि उनलाई साउनको अन्तिम साता पुनः कोरोना पुष्टि भयो । होम आइसोलेसनमा १० दिन बसे पछि उनी अहिले  नियमित अस्पताल जान थालेका छन् ।
 आजको गोरखापत्र दैनिकमा खबर छ ।