Trending :
 

वैदेशिक रोजगारी गुमेपछि फर्किए ६ लाख नेपाली युवा

आश्विन ०४,२०७८

-आस्था न्यूज

असोज ४, २०७८ काठमाडौं ।
 
स्वदेशमा रोजगारी सिर्जना हुन सकेको छैन । सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्ने नीति तथा कार्यक्रम ल्याउने घोषणा गरेको छ । तर अहिलेसम्म ठोस कार्यक्रम ल्याउन सकेको छैन ।
 
कोरोना कहरपछि वैदेशिक रोजगारीमा असन्तुलन देखिएको छ । कोभिडअघि दैनिक एक हजार पाँच सय जना श्रमिक वैदेशिक रोजगारीमा जाने गरेका थिए । अहिले वैदेशिक रोजगारीमा धेरै गिरावट आएको छ ।
 
नेपाल राष्ट्र बैंकको असारसम्मको तथ्यांकअनुसार २०७७/०७८ मा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ र वैधानीकरण) ६२.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या २०.८ प्रतिशतले गरेको थियो । 
 
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने श्रमिकको संख्या ४६.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३४.७ प्रतिशतले घटेको थियो ।
आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।