Trending :
 

दीर्घरोगीका लागि दसैँअगावै फाइजर खोप ल्याइने

आश्विन ०९,२०७८

-आस्था न्यूज

असोज ९,२०७८ काठमाडौं ।
एक लाख मात्रा फाइजर खोप दसैँअगावै नेपाल ल्याइने भएको छ ।  आउने मिति यकिन नभए पनि दसैँअगावै खोप आइपुग्ने जानकारी सरकारी अधिकारीले दिएका छन् । 
 
अमेरिकन कम्पनी फाइजरले उत्पादन गरेको एक लाख मात्रा खोप कोभ्याक्स सुविधामार्फत आउन लागेको हो । स्वास्थ्य तथा जनसङ्ख्या  मन्त्रालय परिवार कल्याण महाशाखाका निर्देशक डा। विवेक कुमार लाल कर्णले खोप छिट्टै आउने जानकारी दिए ।  
 
उनका अनुसार खोप अस्पतालमा रहेका दीर्घरोगी, क्यान्सर, मिर्गौला फेल भई डायलासिस गराइरहेका, प्रत्यारोपण गरिएका व्यक्तिलाई मात्र  दिइनेछ । फाइजर खोप अरू खोपभन्दा लगाउने तरिका फरक छ, डा। लालले भने, “सुरुमा चिकित्सकको प्रत्यक्ष निगरानीमा खोप लगाइने छ ।” नेपालले यसअघि नै योजना पठाउँदा कोभ्याक्समार्फत आउने  फाइजर खोप दीर्घरोगीलाई  लगाउने भनिएकाले  तत्काल  बालबालिकालाई नदिने उनले उल्लेख गरे ।
 
आजको गोरखापत्र दैनिकमा खबर छ ।