Trending :
 

चाडवाडमा चिनीको अभाव हुँदैनः वाणिज्य मन्त्रालय

आश्विन १२,२०७८

-आस्था न्यूज

असोज १२, २०७८ काठमाडौं ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव दिनेश भट्टराईले बजारमा एक लाख टन चिनी मौज्दातमा रहेको बताएका छन् । उनले गत आर्थिक वर्ष २०७७/७८ मा नेपालमा एक लाख पाँच हजार टन चिनी उत्पादन भएको बताएका छन् ।
 
यस्तै, सोही अवधिमा विदेशबाट दुई लाख १२ हजार टन चिनी आयात भएको सचिव भट्टराईको भनाई छ । जसअनुसार, उत्पादित र आयातित गरेर गत वर्षमा नेपालमा तीन लाख टनभन्दा बढी चिनी थियो ।
 
आपूर्ति मन्त्रालयका अनुसार औद्योगिक र उपभोक्ताको जोड्दा नेपालको वार्षिक माग २ लाख ५० हजार टन हो । त्यसैले गत आर्थिक वर्षमा उत्पादनरआयात भएको र खपत भएको चिनीबाट एक लाख टन चिनी बजारमा मौज्दात रहेको भट्टराईले बताए ।
 
यसका साथै, चालू आर्थिक वर्षको साउन महिनामा १७ हजार ५०० टन चिनी आयात भइसकेको छ । थप १० हजार टन चिनी आयातको प्रक्रियामा रहेकाले चाडवाडमा चिनीको अभाव नहुने उनले बताए ।