देशभर ३२ प्रतिशतले कोभिडविरुद्वको पूर्ण खोप लगाए
-आस्था न्यूज
असोज १८, २०७८ काठमाडौं ।
नेपालमा १८ वर्षमाथिका कुल अपेक्षित जनसङ्ख्याको ३२ प्रतिशतले कोभिडविरुद्वको पूर्ण खोप लगाएका छन् भने ३९ प्रतिशतले पहिलो मात्रा लगाएका छन् । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा।सागर दाहालका अनुसार नेपालमा १८ वर्षमाथिका कुल एक करोड ९९ लाख २२ हजार १६४ जनसङ्ख्यामध्ये ३२ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन् भने ३९ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।
शुक्रबारसम्मको तथ्यांकअनुसार प्रदेश १ मा अपेक्षित ३२ लाख ७५ हजार ८६६ जनसङ्ख्यामध्ये पूर्ण मात्रामा खोप लगाउने २३ प्रतिशत छन् ३३ प्रतिशतले पहिलो मात्र खोप लगाएका छन् ।
जसअन्तर्गत ताप्लेजुङ जिल्लामा ८६ हजार ३४३ अपेक्षित जनसङ्ख्यामध्ये २१ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन् भने ३० प्रतिशतले पहिलोमात्रा खोप लगाएका छन् । सङ्खुवासभामा एक लाख दुई हजार ५९६ अपेक्षित जनसङ्ख्यामध्ये ३१ प्रतिशतले पूर्ण मात्रा र ६६ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।
सोलुखुम्बु जिल्लामा ६७ हजार २६४ जनसङ्ख्यामध्ये २२ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन् भने ३९ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । ओखलढुङ्गामा एक लाख ४१ अपेक्षित जनसङ्ख्यामा २४ प्रतिशतले पूर्ण मात्रा र ३८ प्रतिशतले पहिलो मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
खोटाङमा एक लाख १३ हजार ३८ अपेक्षित जनसङ्ख्यामध्ये ३० प्रतिशतले पूर्णमात्रा र ३८ प्रतिशतले पहिले मात्रा खोप लगाएका छन् । भोजपुरमा एक लाख एक हजार ३५७ अपेक्षित जनसङ्ख्यामध्ये २८ प्रतिशतले पूर्णमात्रा र ४० प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । धनकुटामा एक लाख १३ हजार ३५७ अपेक्षित जनसङ्ख्यामध्ये ३२ प्रतिशतले पूर्णमात्रा र ३६ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।
यसैगरी तेह्रथुममा ६६ हजार ३५९ अपेक्षित जनसङ्ख्यामध्ये ३० प्रतिशतले पूर्णमात्रा र ४० प्रतशतले पहिलो मात्रा खोप लगाएका छन् । पाँचथरमा एक लाख ३० हजार १३१ अपेक्षित जनसङ्ख्यामध्ये २१ प्रतिशतले पूर्णमात्रा र ४० प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । इलाममा दुई लाख छ हजार ६०८ अपेक्षित जनसङ्ख्यामध्ये २७ प्रतिशतले पूर्णमात्रा र ४० प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।
झापामा छ लाख १५ हजार ९६७ अपेक्षित जनसङ्ख्यामध्ये २८ प्रतिशतले पूर्ण खोप लगाएका छन् भने ४३ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । मोरङमा सात लाख २७ अजार ८४ अपेक्षित जनसङ्ख्यामध्ये १२ प्रतिशतले पूर्ण खोप लगाएका छन् भने १९ प्रतिशतले पहिलो मात्रा लगाएका छन् ।
सुनसरीमा छ लाख नौ हजार २५८ अपेक्षित जनसङ्ख्यामध्ये २९ प्रतिशतले पूर्ण मात्रामा खोप लगाएका छन् भने ३३ प्रतिशतले पहिलो मात्रा लगाएका छन् । उदयपुर जिल्लामा दुई लाख ३६ हजार ६७६ अपेक्षित जनसङ्ख्यामध्ये नौ प्रतिशतले पूर्ण मात्रा र १९ प्रतिशतले पहिलो मात्रा लगाएका छन् । गोरखापत्रमा खबर छ ।